शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा कार्यालयमा तालाबन्दी ।

वडा कार्यालयमा तालाबन्दी ।

  • शनिबार, असार ७, २०७६
वडा कार्यालयमा तालाबन्दी ।

बडीमालिका खवर
बाजुरा ७ असार
वडिमालिका नगरपालिका वडा नं ४ को वडा कार्यलयमा तालाबन्दी गरिएको छ । वडा नं ४ रिलामा गभर्वती तथा सुत्केरी महिलाका्े राहातका लागि स्थापना गर्न लागिएको वर्थिङ सेन्टरका लागि प्रदेशबाट आएको रु १५ लाख बजेट वडाका कुनै जानकारी नै नगरी परिचालन गरेको भनी वडा कार्यलयमा शुक्रबार दिउसो १ बजेदेखि तालाबन्दी गरिएको स्थानिय गोविन्द बहादुर सिंहले बताएका छन् । वडा अध्यक्ष लगायतले त्यँहा स्थानियबासीहरुसंग छलफल नै नगरी एकलौटी धनगढीमानै समिति गठन गरि रकम परिचालन गरेको उनको भनाई छ । वडाका अन्य वडा सदस्यलाई पनि जानकारी नै नगरी रकम परिचालन गरिएको अर्का स्थानिय धनपती उखेडाले बताए । त्यँहाका स्थानिय बासिन्दाले फेरी सहमती नहुँदासम्म वडाकार्यालयको ताला नखुलाउने अडान राख्दै शुक्रबारनै नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख पदम बडुवालले सो कुरालाइृ नगरपालिकाको न्यायीक समितीमा छलफलका लागि पठाएकाे जानकारी प्राप्त भएको छ। यता वडा सदस्य गोरख बहादुर सिहले आफुहरुले बैठक नगरेरै काम संचालन गर्न लागिएको स्वीकार गरेका छन् । उहाँले अब तत्काल स्थानियहरुसंग बैठक बसेर पुनःउहाँहरुको सल्लाह अनुसार काम अघि बढाउने बताए । वडा अध्यक्षलाई भने सम्पर्क हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार