बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग

बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग

  • बुधबार, जेष्ठ २९, २०७६
बिपन्न बिद्यार्थीलाई आर्थिक सहयोग

टंक सिह
त्रिबेणी, २९ जेठ
त्रिवणी नगरपालिकाका आर्थिक अबस्था कमजोर भएका बिपन्न १९ जना बालबालिकालाई शैक्षिक वृति सहयोग गरेको छ । युवा सशक्तिकरण बुल्गारी (BVLGARI) परियोजना अन्तर्गत ति वालवालिकालाई सहयोग प्रदान गरिएको हो । तीन किस्तामा प्रदान गरिने सहयोगमा यस बर्षको पहिलो किस्ता बाफत ४ हजा।का दरले प्रदान गरिएको छ ।
परियोजना लागु भएका त्रिवेणी नगरपालिकाका चार विद्यालय सहित जिल्लाका १४ ओटा माध्यामिक विद्यालयमा लागु भएको छ । उक्क्त परियोजनाले जिल्ला भरीका माध्यामिक तहका ७० जना बालबालिकालाई सहयोग भएको हो । आर्थिक स्थिती कमजोर भएकै कारणले विद्यालय बाहिर रहेका र विद्यालयमा कम उपस्थिती हुने बालबालिकालाई यो सहयोग गर्ने गरिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र बाल क्लवको संयुक्त बैठकको निर्णयबाट विद्यार्थी छनौट गरेर आर्थिक सहयोग गरिएको परियोजनाले वताएको छ ।
विद्यालय छोड्ने उमेर भएकाले माध्यामिक तहबाट मात्रै विद्यार्थीको छनौट गर्ने गरिएको छ । छनौट भई आएका विद्यार्थीहरुलई त्रिवेणी नगरपालिकामा न्यू भिजन सहकारी संस्थाको सहजीकरणमा शैक्षिक सहयोग भएको छ । यसरी हुने शैक्षिक सहयोगले विद्यालय छोड्नेदर कम हुदै गएको पाईएको पार्वति माबि सिम्लाका प्र.अ. श्री नन्दलाल जैशीले वताएका छन् । आर्थिक बिपन्न भएका बिद्यार्थीलाई यसले ठुलो सहयोग भएको जैशीले वताए । यसरी नगद शैक्षिक सहयोग गर्नाले विद्यार्थीको खास समस्या समाधान भई विद्यार्थी नियमितता बढ्ने गरेको छ । परियोजनाको यो क्रियाकलाप संगै विद्यालयमा सञ्चालन गरिने सबै क्रियाकलाप निकै प्रभवकारी रहेको र नगरपालिकाको आगामी योजना तर्जुमामा बाल अनुदान कोषको स्थापनाका लागि पहल गर्ने नगरपालिका शिक्षा शाखा प्रमुख रतन बहादुर अयडीले बताए ।
युवा सशक्तिकरण बुल्गारी (BVLGARI) परियोजना बाजुरा जिल्लाका तीन ओटा नगरपालिकामा लागु भएको छ । उक्त परियोजना पीसविन बाजुरा र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चिालित रहेको छ । परियोजनाले सन २०१६ देखि हाल सम्म निरन्तर रुपमा यस क्षेत्रका बालबालिकालाई प्रति बालबालिका बार्षिक दश हजारका का दरले नगद शैक्षिक सहयोग गर्दै आएको छ । परियोजनाले यस क्रियाकलापका संग संगै विद्यालयमा विद्यार्थी नियमिताताका लागि अन्य विभिन्न क्रियाकलाप गर्दै आईरहेको छ । विद्यार्थी हाँजिरी परिक्षण, प्याट बोर्ड प्रयोग, फ्लो कार्ड प्रयोग लगायतका अन्य क्रियाकलापले विद्यार्थी नियमित हुने र विद्यालय छोड्ने दर घट्ने बिश्वास तोली देवलडाँडा माबिका प्र अ श्री विष्णु प्रशाद ओझाले वताए ।

चर्चामा

सम्बन्धित समाचार