मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • राती-राती रुपालाई केटाहरुको फोन आएपछि कृष्ण ओली रुदै मिडियामा

राती-राती रुपालाई केटाहरुको फोन आएपछि कृष्ण ओली रुदै मिडियामा

  • आइतवार, जेष्ठ २६, २०७६
राती-राती रुपालाई केटाहरुको फोन आएपछि कृष्ण ओली रुदै मिडियामा

भिडियो हेर्नुस राती-राती रुपालाई केटाहरुको फोन आएपछि कृष्ण ओली मिडियामा ! रुदै भने- रुपा लाई छोडेर जाऊ भन्न नि सक्दिँन् (भिडियो काठमाडौं- सबैको साथ र मायाले कृष्ण वलि र रुपा मगर वलिको जीवनमा खुशी फर्कियो । आज भन्दा ठ्याक्कै एक बर्ष अघि दाँग जिल्लामा काम गर्ने क्रममा रुकुकमका कृष्ण वलिलाई करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका थिए । देश तथा बिदेशबाट पर्याप्त सहयोग उठेपछि कृष्णले घटना भएको एक बर्ष पुरा भएकै दिन हात हाल्ने योजना बनाएका थिए तर उनको त्यो योजना पुरा हुन पाएन ।निरन्तर बिभिन्न अँगको अप्रेशनका कारण कृष्ण वलिको हात खुट्टा हाल्ने योजना पछि सरिरहेको छ । यसैबिच कृष्णलाई करेन्ट लागेकै दिनको एक बर्षमा शिशिर भण्डारी कृष्ण र रुपालाई भेट्न गएका थिए । अघिल्ले दिन उनीहरुको एनिभर्सरी थियो । त्यो समयमा कृष्ण र रुपाले धेरै गुनाशाहरु पोखे । रुपालाई बिविध फेक कलहरुले सताउने बताउँदै कृष्णले यस्तो कुराको रहस्य खोले । भिडियो हेर्नुस

विराटनगर, जेठ २६/ एक १६ वर्षिया बालिकालाई विवाह गर्ने प्रभोलनमा पारी जवस्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । विराटनगर १० स्थित सोमबारे हटिया नजिक डेरा गरी बस्ने २५ वर्षिय विवेक दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।गत वैसाख ३ गते विराटनगर १४ बस्ने १६ वर्षिया वालिकालाई प्रेमको प्रपञ्च रची आफ्नो कोठामा लगेर विवाह गर्छु भन्दै जवरजस्ती करणी गरेका थिए । उनलाई पिडीतका आफन्तले दिएको उजुरीको आधारमा जेठ २३ गते उनकै डेराबाट पक्राउ गरेको थियो ।निज प्रतिवादीको ८ बर्ष अघिनै विवाह भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । निजलाई सम्मानित जिल्ला अदालत मोरङबाट जवरजस्ती करणी कसूर अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो जेठ २६,काठमाडौं । आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा ठुलो संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जर्मनीको एक टेलिभिजनका अनुसार हालसम्म करिब १४ सय नेपाली मजदुरको मृत्यु भएको छ ।जर्मनीको डब्लुडिआर टेलिभिजनले एक डकुमेट्री मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको अरब न्युजले उल्लेख गरेको छ । निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष १ सय ५० जनाको ज्यान जाने गरेको छ ।डकुमेट्रीका अनुसार मृत्यु भएका नेपालीका परिवारले कुनै क्षतिपुर्ति समेत पाएका छैनन् । ‘ट्रयाप्ड इन कतार’ नाम दिइएको उक्त अनुसन्धानात्मक डकुमेन्ट्री शुक्रबार सार्वजनिक गरिएको थियो । डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तु बिनै ठूलो संख्यामा बस्नुपर्ने खुलासा गरिएको छ ।नेपाली कामदारहरुले स्टेडियम निर्माणका

क्रममा भोगका दुःख हरु डकुमेन्ट्रीमा समावेश गरिएको छ । ३ बर्ष कतारमा बसेर पत्रकारिता गरेका दिनेश रेग्मी भन्छन्, ‘नेपालीहरुको अवस्था निकै दयनिय छ । न्युनतम ज्याला पनि दिइएको छैन् । आधारभुत आवश्यकताका कुराहरु समेत छैनन् । कामदारहरु उद्धारका लागि नेपाली राजदुतावास दोहामा लामवद्ध देख्छु’ ।केही नेपाली कामदारहरु साइटबाट खसेर मर्छन् भने केही त्यहाँको गर्मी मौसमका कारण मृत्यु हुने गरेको छ।काठमाडौं– सन् २०१९ को
कोरियाली भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा हिजो र आज एकैसाथ सञ्चालन भएको परीक्षामा आठ हजार १४१ परीक्षार्थी अनुपस्थित भएको इपिएस कोरिया शाखाले जनाएको छ । शनिबारको भाषा परीक्षार्थी ४६ हजार १९६ परीक्षार्थी सहभागी भएका थिए । दुई दिनको परीक्षामा अमर्यादित गतिविधि गर्ने १५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाई गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको निर्देशक खनालले जानकारी दिए ।सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । तीमध्ये २० जनाको आवेदन रद्द भएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशन गरिने निर्देशक खनालले जानकारी दिए । भाषा परीक्षामा उतीर्ण हुने कामदारको मात्र सीप परीक्षण गरिनेछ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ ।कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार