शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अवैध चोरी सिकारी गर्ने २ जना पक्राउ

अवैध चोरी सिकारी गर्ने २ जना पक्राउ

  • शुक्रबार, जेष्ठ २४, २०७६
अवैध चोरी सिकारी गर्ने २ जना पक्राउ

बडीमालिका खवर
बाजुरा २४ जेठ
जिल्लाको हिमाली गाउँपालिकाबाट अबैध चोरी सिकार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरी चौकी बिच्छिया बाजुराबाट जेठ २० गते जगंलमा चोरी सिकार गर्न गएका बेला हतियार सहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । पक्राउ पर्नेमा हिमाली गाउँपालिका वडा नं. १ देबडाँडा स्थित वर्ष २४ को रबिलाल बोहरा र वर्ष २१ को राजेश बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । सामुदायिक वनको बाटो भएर प्रहरी टोली गस्ती गर्दै जाने क्रममा रबिलाल बोहरा र राजेश बोहरा अवैध भरूवा बन्दुक बोकी हिडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका संचार उमेश अवस्तीले बताएका छन् । पक्राउ परेका दबै जनाको साथमा रहेको झोला तथा शरीरको खान तलासी गर्दा भरूवा बन्दुक २, थान र बन्दुकमा प्रयोग हुने बारूद, गोली, कटुकी नामक जडीबुटी १५ पन, घोरल भन्ने जंगली जनावरको १.५ पन काँचो मासु फेला पारी बरामद गरेको अवस्तीले बताएका छन् । बरामत भएको समान सहित जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक उद्धवसिहं भाटले बताए ।


बरामद हुन आएको कटुकी नामक जडीबुटी १५ पन, घोरल भन्ने जंगली जनावरको काँचो मासु १.५ पन आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय मार्तडी बाजुरामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । यस अघी केही महिना अगाडी बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाबाट पनी २ जना हतियार सहित चोरी सिकार गर्ने क्रममा प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय बाजुरा(DPO Bajura) काे फेशबुक पेजबाट शाभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार