शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • दुई सामुदायिक वनमा आगलागी

दुई सामुदायिक वनमा आगलागी

  • सोमवार, जेष्ठ १३, २०७६
दुई सामुदायिक वनमा आगलागी

प्रेम राैले
बाजुरा १३ जेठ
बडीमालिका नगरपालिका–१ र ६ वडामा रहेका सामुदायिक वनमा सोमबार राति ४ बजेदेखी आगलागी भएको स्थानीयले बतएका छन् । उक्त नरपालिका ६ कोर्धमा रहेको बडीमालिका सामुदायिक वन र सल्लेनामा रहेको सल्लेना सामुदायिक वनमा आगलागी भएको स्थानियले बताएका हुन् । सोमबार ४ बजेबाट आगलागी भएको आगो स्थानियको सक्रियतामा नियन्त्रण भईसकेको बडीमालिका नगरपालिका वडा नं १ का वडाअध्यक्ष राम बहादुर कार्कीले बताएका छन् ।
बुढीगंगा नदीको छेउबाट आगो सल्केर वनको सल्लेरी सामुदायिक वनमा आगलागि भएको हो । आगलागीबाट उक्त वनको करिव दुई सय हेक्टर वनमा आगोले बन सखाप पारेको वडाअध्यक्ष कार्कीले बताएका छन् ।
त्यस्तै बडीमालिका सामुदायिक वनको २० हेक्टरमा जमिनमा आगलागी भएको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीम प्रसाद कडेलले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार दुवै वनमा आगलागी भएपछि जिल्लामा रहेको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय र डिभिजन वन कार्यालयका कर्मचारीहरुले आगो निभाउने कार्य भइरहेको कडेलले बताएका छन् ।
आगो नियन्त्रण लिने प्रयास भइरहेको भएपनि हावाहुरी लाग्न थालेपछि नियन्त्रण लिन निकै समस्या भएको डिभिजन प्रमुख कडेलको भनाई रहेको छ ।
आगो लागेको वन कार्यालयलाई स्थानीयले खवर गरेपछि वन कार्यालयका प्रमुख कडेलको नेतृत्वमा अग्नी नियन्त्रकहरु घटना तर्फ गएर आगो नियन्त्रण लिने कार्य भइरहेको छ ।
दुई सामुदायिक वनको आगलागि भएपछि आगो नियन्त्रणका लागि सुरक्षा निकाय, डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय खटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आगलानीबाट दुई सामुदायिक वनबाट करिव दश लाख बराबरको क्षती भएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार