बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • कर्भडहल निर्माण अलपत्र

कर्भडहल निर्माण अलपत्र

  • मङ्लबार, जेष्ठ ७, २०७६
कर्भडहल निर्माण अलपत्र

लक्ष्मीराज पाध्याय
बाजुरा ७ जेठ : बाजुराको मार्तडीमा रहेको कर्भडहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कर्भडहल निर्माणका लागि ठेक्का भएको २ महिना बितिसक्दा पनी सम्बन्धीत निकायको चासो नहुदा अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदान समेत नहुँदा मालिका नमूना माविसँग गुहार गर्नुपर्ने बाध्यता छ ।
२ महिना अगाडी दुइ वटा ठेकेदार कम्पनीले जिम्मा लिए पनी असार आउन लाग्दा अहिले सम्म निर्माण प्रकिया अगाडी नबढेको स्थानियले वताएका छन् । हाल स्थानिय पुर्बाधार अन्र्तगत सासंद लालबहादुर थापाको सासंद बिकास कोषबाट पचास लाख र खेलकुद परिषदबाट चालिस लाख बजेट बिनियोजन भएको खेलकूद विकास समितिले जनाएको छ । बजेट आएर निर्माणको टेन्डर र सम्झौता भएको दुई महिना बितिकस्दा पनी ठेकेदारले ब्यवास्था गरेको खेलकुद बिकास समितीका अध्यक्ष हिक्मत थापाको आरोप छ । तर स्थानियले भने बडिमालिका नगरपालिका र खेलकुद विकास समितिको चरम लार्पवाहिले अहिले सम्म काम हुन नसकेको वताएका छन् । दुबैले ठेकेदारलाई ताकेदा नर्गनु, अर्को उनिहरुले नै वेवास्ता भएकोले अलपत्र रहेको स्थानियको आरोप रहेको छ ।
वडीमालिका नगरपालिकाले संसद बिकास कोषको जिम्मा लिएको भए पनी नगरपालिका पनी बेखवर रहेको बताईएको छ । एक बर्ष अगाडीसम्म खेलकुद संग कुनै सहकार्य नरहेको बताउदै आएको नगरपालिका पनी ब्यवास्था गरिरहेको खेलकुद बिकास समतिको आरोप छ । बडीमालिका नगरपालिका भित्रको संरचनामा नगरपालिकाले लगानी गर्नुपर्ने भए पनी सासंद बिकाश कोषको बजेटलाई कार्यन्वयन गर्न नसकेको नागरिक अगुवाको भनाइ रहेको छ ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बढुवालले भने खेलकुद विकास समितिले निकालेको टेन्डरको कामको ढिलाइले काम नभएको बताए । पहिला खेलकुदको ठेकेदारको काम हो त्यसपछि नगरपालिकाको ठेकेदारको काम रहेको उनले वताए । असार सम्म काम नभए रकम फिर्ता हुने उनले वताए ।
बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिदा दुई वर्षदेखि अलपत्र परेको छ । विसं २०७३ मा तत्कालीन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कवर्डहल निर्माणको शिलान्यास गरेका थिए । भने तत्कालीन पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाले निर्माणको अगुवाइ गरेको कर्भडहल अलपत्र रहेकोमा खेलाडीले दुख ब्यक्त गरेका छन् ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमकै ४५ लाख बजेट विनियोजन गरेर निर्माण शुरु गरिएको थियो । प्राविधिकले पुरै निर्माण गर्न एक करोड ९४ लाख लागत लाग्ने अनुमान गरेका थिए । बीचमा खेलकूद विकास परिषद्बाट ४० लाख रकम पनि लगानी भएको छ । तर त्यो बाहेक थप लगानी लगाउन कसैले पहल नगर्दा अलपत्र अवस्थामा पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार