बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • हिमाली
  • एक रुख रोपे गाउँपालिकाले ५ केजी चामल दिने

एक रुख रोपे गाउँपालिकाले ५ केजी चामल दिने

  • मङ्लबार, बैशाख २४, २०७६
एक रुख रोपे गाउँपालिकाले ५ केजी चामल दिने

बडीमालिका खवर
बाजुरा २४, बाजुरा
हिमाली गाउँपालिकामा स्थानियले एक रुख रोपेमा ५ किलो चामल दिने निर्णय गरेको छ । जिल्लाको ४३ प्रतिशत भुभाग ओगटेको हिमाली गा“उपालिकामा अधिकांश जग्गा पाखो रहेको र जलवायु परिवर्तनसंगै बिस्तारै खडेरी पनि बढ्दै गएकाले गाउँपालिकाले एक रुख ५ केजी चामल कार्यक्रम लागु गरेको वताएका छन् । गाँउपालिकामा खाद्यन्न संकट न्युनिकरण गर्न साथै उजाड रहेको खाली जमिन रुख रोपेर हरियो बनाउने उदेश्यले एक रुख ५ केजी चामल कार्यक्रम संचालन गर्न लागिएको अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन् ।
अधिकांश जग्गा पाखो छ, सिचाईका लागि नदिको मुहाननै छैन, तर गा“उपालिकाको ८० प्रतिशत गा“उमा खानेपानीको पहु“च पुगी सकेकाले सबैले एक एक विरुवा रोप्ने र एक रिुवा रोपे वाफत गा“उपालिकाले प्रति रुख ५ केजीका दरले चामल प्रदान गर्ने निर्णय गरेको गाउपालिका अध्यक्ष मल्लले बताएका छन् । आर्थिक वर्ष २०७६÷७७ को असारबाटै बजेट विनियोजन गरि गा“उपालिकाको कुनै पनि एक गा“उबाट एक रुख ५ केजी चामल कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको मल्लले बताएका छन् ।
पञ्चवर्र्षीय योजना बनाएर सो कार्यको थालनी गरि १ रुख उत्पादन गरेवाफत पा“च बर्ष सम्म ५ कुइन्टल चामल प्रदान गर्ने बताए । पाँच बर्ष सम्म रुख रोप्नले पुर्ण रुपमा हेरचाह गरेमा मात्र ५ कुन्टल चामल पाँउने भएका छन् । यसले गर्दा गाउँमा भएको भोकमरी कमी आउनुका साथै जंगल जोगाउन सजिलो हुने बताएका छन् ।
विरुवा रोप्ने व्यक्तीले गा“उपालिकाको जुनसुकै ठा“उमा पनि रोप्न सक्ने बताए । आफ्नै खेतबारीमा फलफुलका बिरुवा, सल्लो, बा“ज लगायतका कुनैपनि किसिमका विरुवा रोप्न सकिने तर विरुवा रोप्ने व्यक्तीले भा“डामा पानी बोकेर पनि विरुवाको संरक्षण गर्नुपर्ने र यदी कुनै कारणले पा“च वर्षमा बोट विरुवा सुकेमा त्यसको क्षतीपुर्ती भने गा“उपालिकाले नदिने अध्यक्ष मल्लले बताएका छन् ।
प्रेस यूनियन बाजुरा शाखाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले सरकारले अबलम्बन गरेको २०७६ साललाई साक्षर बर्षलाइ पनी एकसाथ अगाडी बढाएको बताएका छन् । बाजुरा जिल्ला सर्बाधिक बिकट गाउँपालिका भए पनी समयमै साक्षर घोषणा गर्ने कामलाई पनी तिव्रता दिएको बताएका छन् । हिमाली गाउँपालिकामा हाल एक हजार ६ सय जना निराक्षर रहेका र उनिहरुलाइ साक्षार बनाउने गाउँ शिक्षकको ब्यबस्थापन गरिएको अध्यक्ष मल्लले बताएका छन् । निराक्षर रहेका सबै जनालाइ जेठ मसान्त सम्म साक्षार बनाएर गाउँपालिकालाइ साक्षर घोषण गर्ने निति लिएको बताएका छन् ।
हिमाली गा“उपालिकाका प्रत्येक गा“उलाई निश्चित बस्तु उत्पादित पकेट क्षेत्र बनाइने भएको छ । विछ्या“लाई स्याउ खेती र ओखर खेतीको पकेट क्षेत्र बनाउने, बोल्ढिक र बा“धुलाई तरकारी पकेट क्षेत्र बनाउने, पाडीलाई सिमी पकेट क्षेत्र बनाउने र रुगीन फैतीलाई जैतुन पकेट क्षेत्र बनाउने अध्यक्ष मल्लले सम्मेलन मार्फत अध्यक्ष मल्लले जानकारी गराएका छन् । बोल्ढिकलाई तरकारी पकेट क्षेत्र बनाउनका लागि २२ लाख खर्च गरिसकेको ४४ लाख बा“धुको जीउलो घेरबारकमा लगानी गरेको अध्यक्ष मल्लले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार