• होमपेज
  • विचार/ब्लग
  • नगर प्रमुखमा विजयी गराउने बढुवालको एक तस्बिर

नगर प्रमुखमा विजयी गराउने बढुवालको एक तस्बिर

  • सोमवार, बैशाख २३, २०७६
नगर प्रमुखमा विजयी गराउने बढुवालको एक तस्बिर

बैशाख, २३ मार्तडी
स्थानीय निर्वाचनको सरगर्मी चढिरहेका बेला सामाजिक सञ्जालमा एकाएक बजारको फोहर नाली सफा गर्दै गरेको फोटो निकै भाइरल भयो । जिल्ला सदरमुकाम मार्तडी बजार गौडा डिल नजिकको चोकमा नहर सफा गरिरहेका नेपाली कांग्रेस बडीमालिका नगर सभापति एव वर्तमान बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालको हिलोमा लतपतिएको तस्बिर कसले खिच्यो थाहा पाएनंन, तर त्यही तस्बिरले उनलाई नगर प्रमुख बनाउन सहयोग गर्यो ।
आफ्नो पार्टीले ढिलो गरी उम्मेद्वार टुङगाएका कारण प्रचार प्रसार गरिए पनि उम्मेद्वार टुङ्गो नलागेको कारण भोट माग्न निकै गार्हो भइरहेको थियो, निर्वाचनको करिब दुई हप्ता अघि मात्र उम्मेद्वारको नाम टुङ्गो लगाए लगत्तै सामाजिक सञ्जालमा हिलोले हात खुट्टा लतपतिएको फोटो आयो । कसले डिजाइन गर्यो, कसले खिच्यो मलाई थाहा छैन तर त्यही तस्बिरले विजयी गराउन ठूलो योगदान गर्यो प्रमुख बडुवाल भन्छन । विभिन्न राजनैतिक कालखण्ड भोग्दै नँया शासन प्रणालीको अभ्यासका रूप लिइरहेका मतदाताहरुलाई स्थानीय निर्वाचनमा दल भन्दा पनि नातागोता, चिनजान, सफल विगत, सरलता जस्ता धेरै कुराले प्रभाव पार्ने गर्दछ । यसपालीको स्थानीय निर्वाचन पनि त्यस्तै भयो । कमै मात्रले अनुमान गरेको नतिजा एकदमै झिनो मतान्तरले आफ्नो पोल्टामा पार्न सफल भए प्रमुख बडुवाल ।
सिमलगौडामा शान्ति होटल सञ्चालन गर्दा देखि बाजुरा क्याम्पस स्थापना, मालिका माद्यामिक विद्यालयको ब्यवस्थापन समिति र नेपाल राष्ट्रिय माद्यमिक विद्यालयको व्यवस्थापन समितमा काम गर्दा हासिल गरेको अनुभव र सम्बन्ध समेत सफलता प्राप्तिमा सहयोगी भए । निर्वाचन एक गणितीय खेल हो, राजनैतिक शक्ति सँगै उम्मेद्वारको व्यक्तित्व र लगनशीलताले समेत ठूलो महत्व राख्दछ । जनताको नजिकको अविभावकका रुपमा रहेको स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाएका बडुवालले रोग भोक र अभावको जतारोमा पिल्सिएका नगरवासीको मुहार खुसी ल्याउ सक्लान नसक्लान हेर्न बाँकी छ । खुसी नगरवासी समृद्ध नगरको नारा दिएर समृद्ध बडीमालिका निर्माणको यात्रामा अगुवाइ गरिरहेका बडुवालको त्यो तस्विरमा नहर सफा गरे जसरी सामाजिक कुरीती कुसंस्कार र अभाव सफा गर्ने जिम्मेवारी थपिएको छ । सामान्य पारिवारिक अवस्थाबाट जीवन संघर्ष गरेका नगरप्रमुखको कामको समीक्षा गर्ने बेला त भएको छैन तर निर्वाचित भएको करिब दुई वर्ष अवधिमा जिल्लाका अन्य तह भन्दा फरक ढंगले आफुलाई प्रस्तुत गर्न भने सफल भएका छन ।

लेख इमेल बाट प्राप्त भएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार