• होमपेज
  • मोडेल स्लाइडर
  • भाइको विवाह रोकिएपछि फर्किइन् प्रियंका

भाइको विवाह रोकिएपछि फर्किइन् प्रियंका

  • शनिबार, बैशाख २१, २०७६
भाइको विवाह रोकिएपछि फर्किइन् प्रियंका

बलिउडमा ससाना खबर एकाएक भाइरल बनिदिन्छन्। बलिउड अभिनेत्री प्रियंका चोपडाका भाइ सिद्धार्थको विवाहको खबर आएको थियो। यसका लागि गत हप्ता अमेरिकाबाट प्रियंका पनि भारत आएकी थिइन्।

दुलही माइतीघरमा भित्र्याउने कुराले उनी उत्साहित देखिन्थिन्। तर भाइ सिद्धार्थको इशिता कुमारसँग तय भइसकेको विवाह अचानक रोकिएपछि प्रियंका पनि तत्काल अमेरिका फर्किइन्। त्यसबेला इशिताको स्वास्थ्य अनुकूल नभएको, अस्पताल भर्ना गरिएको र तत्काल अपरेसनसमेत गर्नुपर्ने खबर बाहिरिएको थियो। सबैजना अस्वस्थताकै कारण विवाह हुन नसकेको खबरप्रति ढुक्क थिए। तर अहिले खबर नयाँ आएको छ। समाचारका अनुसार अब इशिता र सिद्धार्थसँगै छैनन्।

मुम्बई मिररको रिपोर्टअनुसार इशिताले सिद्धार्थसँगको फोटो इन्टाग्रामबाट हटाएपछि सबै छक्क परे। इशिताले रेस्टुरेन्टमा एक्लै बसिरहेको तस्बिर पनि सार्वजनिक गरिन्। साथै उनले अस्पतालबाट डिस्चार्ज भएपछि नयाँ क्याप्सन लेखिन्। यसले पनि उनीहरूका फ्यानलाई चिन्तित तुल्यायो। उनले क्याप्सनमा पुराना यादलाई बाइबाइ गर्दै नयाँ जिन्दगीको सुरुआतको संकेत गरिन्।

उक्त तस्बिरमा इशिताकी आमा निधिकुमारले पनि कमेन्ट गर्दै लेखेकी छन् ‘पुराना किताब बन्द गर। अब नयाँ किताब लेख’ साथै उनका पिताले त्यसमै लेखेका छन् ‘हामी तिम्रो साथमा छौं। तिमी अब तारा बन्नेछौ। त्यसकै लागि तिम्रो जन्म भएको हो’। उता प्रियंका भने यसमा मौन रहिन्। अहिले इशिता इन्स्टाग्रामममा भेटिन्न्। यो खबरले विवाहको नयाँ मिति तत्काल तोकिने कुराप्रति आशावादी रहेका उनीहरूका फ्यानलाई झन् चिन्तित बनाएको छ।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार