• होमपेज
  • कला /साहित्य
  • कलक राेकाया सानुका मन उत्प्रेरीत मुक्तकहरु

कलक राेकाया सानुका मन उत्प्रेरीत मुक्तकहरु

  • शुक्रबार, बैशाख २०, २०७६
कलक राेकाया सानुका मन उत्प्रेरीत मुक्तकहरु

१. तिमी मेराे हुने गरि अाउनु , मन दुखे रुने गरि अाउनु।

हुन्न भन्दा रुने मान्छे लाई, दुबैकाे दिल छुने गरि अाउनु

२. तिमी मेराे घरकाे कुरा गर्दा रिसान्छाै, जिम्मेवारी भरकाे कुरा गर्दा रिसान्छाै ।

म टाडाछु जिम्मेवारी समाल भन्छु यार, बिना सिन्दि झरकाे कुरा गर्दा रिसान्छाै ।

३. कल गरे उठेन मिस्कल भैदियाे, माया गरे पुगेन उतै गैदियाे ।

कमायाै रमायाै अाफ्नै हाे भनि, मायाकाे फुलबारी सबै लैदियाे ।

४. सम्झेकैछु तिमिलाई दिलकाे कुनामा, गल्ति भए जन्म कैद हाल्देउ थुनामा।

सदा रहाेस् मायाप्रेम सदभाब र व्यवहार, त्यसै राम्रि देखिन्छाै नि चाेलि तुनामा ।

५. ढीलो हुन्छ दशैं सम्म आउ बैशाख भन्छिन, डोली चढाइ सिउँदोभरी लैजाउ बैशाख भन्छिन।

दिन रात लैजाउ भन्दै खबर अाउदा अाज, सक्छौं भने माग नत्र भगाउ बैशाख भन्छिन ।

कलक राेकाया सानु

ठेगाना: गाैमुल गाउपालिका वडा नं. ६ सालिकाेट

बाजुरा कार्यरत :नेपाल प्रहरी

चर्चामा

सम्बन्धित समाचार