• होमपेज
  • देश
  • दुषित बन्दै कर्णाली नदि, नदिको किनारमा सिसैसिसा

दुषित बन्दै कर्णाली नदि, नदिको किनारमा सिसैसिसा

  • शनिबार, बैशाख १४, २०७६
दुषित बन्दै कर्णाली नदि, नदिको किनारमा सिसैसिसा

प्रकाश सिंह
बैशाख, १४ बाजुरा
बाजुरा, हुम्ला, मुगु, अछाम, दैलेख हुदै बग्ने कर्णाली नदि दिनप्रतिदिन दुषित बन्दै गएको छ । गाँउ बस्ति र बजारबाट निस्कने फोहोर कर्णाली नदिमा फ्याक्ने कारणले नदि दुर्घन्भित बन्दै गएको छ । त्यो सँगै नदिमा खुला शौच गर्नाले नदि फोहोर बन्दै गएको स्थानियले वताएका छन् ।
कर्णाली नदिको तिर तिरै बाट कर्णाली करीडोर सड्क निर्माण पछि सड्क छेउमा बजार बन्दै गएका छन् । ठाँउ ठाँउमा बजार र सड्क नजिकै बस्ति सरेपनि फोहोर ब्यबस्थापन नहुँदा नदि दुर्गन्धित बन्दै गएको नागरिक समाजका संयोजक जनेश भण्डारीले वताएका छन् । सडक् बिस्तार सँगै ठाँउ ठाँउमा बजार स्थापना भएका छन्, बजार बाट निस्कने सबै फोहोर बस्तु कर्णाली नदिमा फाल्ने गरेको उनले वताए ।
फोहोर सँगै मदिराका बोतलहरु फाल्ने केन्द्रका रुपमा कर्णाली नदि भएको स्वामीकार्तिक गाँउपालिका निमित्त कार्यकारी कुबेर शाहिले वताएका छन् । नदिमा रक्सिका खाली बोतल फ्याक्नुले कर्णाली नदिको तिरमा जम्मै सिसा भेटिछन्, नदिमा नुहाउन, लुगा धुन र पानि ल्याउन आवतजावत गर्नका लागि निकै समस्या भएको उनले थपे । कर्णाली करीडोर अन्तर्गत दुईतिन किलामिटर पिच्छे, बजार छन्, अर्को तल सड्क आएपछि माथि बाट समुदाय सड्कको छेउमै बसाइ सरीरहेका छन् ।
नत फोहोर ब्यबस्थापन गर्ने केही छ, अर्को शौच गर्नका लागि पनि कर्णाली नदिमा जाने गरेको जगन्नाथ गाँउपालिकाको पिलिचौरमा पसल ब्यबसाह गर्दै आएका मेघराज शाहीले वताएका छन् । कर्णाली करिडोरको छेउ छाँउमा बसाई सर्ने र बजार बनेपनि स्थानिय सरकारले फोहोर ब्यबस्थापनका लागि कुनै निति नबनाएको बाजुराको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए ।
कर्णाली करीडोर कालिकोटको लालु देखी हुम्लाको सरिसल्ला १ सय ४५ किलोमिटर रहेको छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाकि हुम्ला जिल्लामा रहेको छ । बाजुराको लेब्डी सम्म यातायात सञ्चालन भइसकेको छ । यो बिचमा एकदर्जन भन्दा बढि स्थानिय बजार रहेका छन् । कर्णाली करिडोर नेपाली सेनाले निर्माण गर्न लागेको हो । कर्णाली करिडोर निर्माण हुन लागेपछि हुम्ला, बाजुराका माथिल्लो भेगका बासिन्दा सड्क तिर बसाई सदै आएका छन् । कर्णालीको तिरै तिरबाट सड्क निर्माण हुन लागेपछि माथिल्लो भेगका बासिन्दा सड्कको छेउमा सर्दै आएको हुम्लाको ताजाकोट मैला गाँउपालिका अध्यक्ष बागदल मल्लले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार