• होमपेज
  • कला /साहित्य
  • सौगात शाहकाे : सरकारले सिफारिस पठाएको छैन

सौगात शाहकाे : सरकारले सिफारिस पठाएको छैन

  • शनिबार, बैशाख १४, २०७६
सौगात शाहकाे  : सरकारले सिफारिस पठाएको छैन

कि यो सरकारले सिफारिस पठाएको छैन,
कारगिल बाट मेरो भाइ फिर्ता आएको छैन ।
सिसा कलम किन्न गएका बुबाको बजारमै हत्या गरियो,
यसर्थ,मैले ढोग्नलाइ आज सम्म पाउ पाएको छैन
हामी धनी हौ,कमसेकम प्रकृति त आफ्नो छ,
लाग्छ गरिबहरुको घरमा घाम उदाएको छैन।
बिछोडिदा सम्झाउन त सम्झाइयो अब नरोउ भनेर,
आखिर म पनि रोइराछु,बस यादले मात्रै सताएको छैन
राजधानिले खान मन हराए औषधि मगाउछ,
कर्णालिले टाउको दुख्दा सिटामोल खाएको छैन ।
-सौगात शाह
बुढिगङ्गा नगरपालिका -५(बाजुरा)
हाल- काठमाडौ

चर्चामा

सम्बन्धित समाचार