शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटनका लागि चर्चित ठाउँ

पर्यटनका लागि चर्चित ठाउँ

  • शनिबार, बैशाख १४, २०७६
पर्यटनका लागि चर्चित ठाउँ

तपेश रावल

रारा याे नाम निक्कै चर्चित नाम हाे जाे अधिकाश अान्तरिक तथा बाह्य पर्यटककाे मनमा रहेको हुन्छ । शमुद्र सतह देखि करिब २९००उचाइमा पर्छ कर्णालि प्रदेशकाे मुगु जिल्लामा पर्ने याे ताल रारा राष्ट्रिय निकुञ्ज भित्र पर्छ । लेखालि हावापानी,स्थानीय कला सस्कृतिक, रितिरिवाज, जैविक बिबिधता ,स्थानीय खानाका परिकारले झन बर्सेनि हजारौं पर्यटनको मन खिच्न सफल छ रारा ।प्रयजसाे धेरै पर्यटन रारा घुम्न ५/६दिनकाे प्याकेज बनाएर आउने गर्छन् बिडम्बना रारा आउने अधिकाश पर्यटककाे याे सपना तुयकाे छ।

कारण हाे जुम्ला कालिकोटकाे डरलाग्दो बाटाे र पर्यटककाे लागि प्रयाप्त सुबिधा सम्पन्न आबासकाे लागि हाेटल नहुन उसाे त दलैख कालिकोट जुम्लाका कुनैकुनै ठाउँमा हाेटल भए पनि पर्यटक लाेभ्याउने खालको सुबिधा देखिदैन । मुगुकाे ताल्चा विमान स्थलबाट करिब ८ किलोमिटर टाढा रहेको रारा ताल तर पनि अधिकाश अान्तरिक पर्यटकका लागि महगो टुर प्याकेज बनेकाले पनि राराले पर्यटन बजार पाउन नसकेको हाेटल ब्याबसायि बताउछन् । यसै सन्दर्भमा रारा जाने उचित मार्गका रुपमा लिन सकिन्छ मुगु सग सिमाना जाेडिएकाे बाजुरा जिल्ला।बाजुरा जिल्लाकाे उत्तरि क्षेत्रमा पर्न हिमालि र स्वामिकार्तिक गाउँपालिकाले रारा राष्ट्रिय निकुञ्जकाे सिमाना छाेएका छन सिमाना छुनु नै रारा र बाजुराको पर्यटकिय सम्बन्ध नजिकिनु हाे । कर्णाली राजमार्गकाे कालिकोट सडक डरलाग्दो हुनु,सुरखेत देखि रारा सम्म थकान मार्न खासै राम्रो खालको पर्यटकीय स्थान नहुनुकाे बिकल्पका रुपमा बाजुराको यात्रा रुचाउन सक्ने प्रस्सत सम्भावना छ।के छ सम्भावना बाजुरा देखि रारा टुर प्याकेजकाे अब चर्चा गराै

१.माैरे क्षेत्र :  जिल्लाकाे बढिगगा नगरपालिका र त्रिबेणि नगरपालिकाकाे बिच केन्द्रमा पर्ने माैरे क्षेत्रकाे शरक्षण र प्रबर्द्धन प्रसार प्रसार गर्ने सके रारा जाने पर्यटककाे पहिलो दिनकाे बाँस जिल्लाकाे ब्यापारिक तथा पर्यटकीय क्षेत्र हुने देखिन्छ तर यसको लागि दिर्घकालिन याेजना बनाइ माैरे क्षेत्रकाे प्रसार प्रसार गर्नुका साथै सरक्षण र प्रबर्द्धन गरिनुपर्छ र त्यस क्षेत्रमा सुबिधासम्पन्न हाेटल तथा हाेमस्टे सञ्चालन गर्नुपर्छ।

२.कालाजाग्रा ताल पाैरखे क्षेत्र :  जिल्लाकाे पर्यटकिय सम्भावना बाेकेकाे कालाजाग्रा ताल र पाैरखे क्षेत्रकाे प्रसार प्रसार प्रबर्द्धन सरक्षणमा हामी चुकेकाे यथार्थता हामीमाझ जिबित छ। चुनावी अामसभा र चुनावी घाेषणा पत्रमा निकै चर्चा पाउने याे क्षेत्र अझै पनि अाेझेलमा छ। यसकाे सरक्षण र प्रबर्द्धन गरि पर्यटक मैत्रि हाेटल सञ्चालन यहाँ गर्ने सके रारा अाउने पर्यटककाे अर्को अथबा दाेस्राे दिनको बाँस बस्न सक्ने ठाउँ हुने सम्भावना यहाँ देखिन्छ 

३.कर्णाली : कर्णाली नदि, पाण्डबगुफा र स्वामिकार्तिक मन्दिर जिल्लाकाे स्वामिकार्तिक गाउपालिका जगन्नाथ गाउपालिकामा पर्न यी पर्यटकिय क्षेत्रकाे पनि उत्तिकै महत्त्व बाेकेका छन।यिनकाे पनि सहि किसिमकाे उपयाेग गर्ने सके जिल्ला पर्यटककाे रारा टुर प्याकेजकाे याेजनामा पर्नेमा कुनै दुई मत देखिदैन । यसाे गर्दा पर्यटकको ४/५दिनकाे बाँस पनि बाजुरामा हुने देखिन्छ।

त्यसकारण चुनाबि नारा बनेका यी पर्यटकिय क्षेत्रकाे उच्चतम प्रसार प्रसार याेजना बनाइ जिल्लाका यी एतिहासिक तथा प्रकृतिक स्राेत सम्पदाको सरक्षण प्रबर्द्धन गरि सबैजसाे पर्यटकिय ठाउँमा पक्कि सडक सञ्जाल जाेडेर,कर्णाली नदिमा रेफटिङ र सुबिधा सम्पन्न हाेटल तथा हाेमस्टे सञ्चालन गर्ने सके जिल्ला समबृदिकाे बाटाेमा जानुका साथै सयौं युवाहरुकाे राेजगारिकाे माध्यम बन्ने प्रयाप्त सम्भावना छ । देशकै मुख्य पर्यटकिय क्षेत्र रारा ताल घुम्न आउने बर्सनि अान्तरिक तथा बाह्य पर्यटककाे मार्ग बनाउने अभियान चलाउन जरुरी छ।

रावल बडीमालिका क्याम्पसका बिद्यार्थि हुन् ।

चर्चामा

सम्बन्धित समाचार