• होमपेज
  • समाज
  • बालमन्दिरमा पाठ्यपुस्तक वितरण तथा सहयोग हस्तान्त्रण

बालमन्दिरमा पाठ्यपुस्तक वितरण तथा सहयोग हस्तान्त्रण

  • बिहिबार, बैशाख १२, २०७६
बालमन्दिरमा पाठ्यपुस्तक वितरण तथा सहयोग हस्तान्त्रण

हेमराज उपाध्याय
बडिमालिका १२ बैशाख
बडिमालिका नगरपालिका आठमा रहेको बाल बन्दिर आधारभूत विद्यालयले भर्ना अभियानका साथै निशुल्क पाठ्यपुस्तक वितरण अभियान संचालन गरेको छ । हम्रो नगर हाम्रो गाउँ सबै वालवालिकालाई विद्यालय पु्याऔँ भन्ने मुल नाराका साथ आज एक कार्यक्रमका विचमा भर्ना अभियान शुरु गरिएको बिद्यालयकी प्रधानाध्यापक शुशिला बुढथापाले जानकारी दिईन ।
उक्त कार्यक्रमको अवसर पारि बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडानं ८ मा सञ्चालित  ए टु जेट कम्प्यूटर एजुकेसन सेन्टरका संचालक निशान्त बडुवालले १५ जना जेहेन्दार तथा अतिविपन्न परिवारका बालबालिकालाई प्रत्येक बालबालिकालाई ६ कापी र  एक एक ओटा पेन हस्तान्त्रण गरेको छ । विद्यार्थी नियमित स्कुल आउने पढाईमा सफलता होस भन्ने उद्देश्यले बडुवाले स्टेस्नरी सयोग गरेको बताए ।
प्रधानाध्यापक शुशिला बुढथापाको अधक्ष्यतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि विद्यालयका व्यवस्थापन समितिका अधक्ष नरेन्द्र रावल रहेको कार्यक्रको सैचालन शिक्षक बलमान ऐडीले गरेका थिए । भने स्वागत मन्तव्य शिक्षक अभिभावक संघ अध्यक्ष गोपाल रावलले गरेका थिए ।
उक्त कार्यक्रमामा १५ जना जेहेन्दार वालकालिकलाई स्कुल पाेशाक वितरण गरीएको थियो । विद्यालयमा अध्यानरत अति बिपन्न र जेहेन्दार बालकालिकालाई नियमीत विद्यालय आउन र गुणस्तरीय शिक्षामा सवै बालबालिको सामान अभिकार होस भन्ने उद्देश्यले पाेशाक, स्टेस्नरी सामान सहयोग गरेको सहयोगी गरेकाे बताए ।

चर्चामा

सम्बन्धित समाचार