बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • एक साता देखी खानेपानी र बिधुत सेवा अबरोध

एक साता देखी खानेपानी र बिधुत सेवा अबरोध

  • शनिबार, बैशाख ७, २०७६
एक साता देखी खानेपानी र बिधुत सेवा अबरोध

अनिल शाही
बाजुरा,७ बैशाख
बुढीनन्दा नगरपालिकामा एक साता देखि खानेपानी र बिधुक्त सेवा अबरोध भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टी बजार क्षेत्रमा आपुर्ती हुने पानी पाइप डोजरले बाटो खन्ने क्रममा अवरुद्ध गरे पछि कोल्टी बजारमा खानेपानी र विजुली बत्तिको चरम अभाव भएको हो ।
बजार र बजार क्षेत्र आसपासका गाउँमा खानेपानी भए पछि अहिले स्थानियवासी खोलाको पानी खान वाध्य भएका छन । दुई हप्ता देखि विजुली बत्ति अवरुद्ध भएको छ भने एक हप्ता देखि खानेपानी अवरुद्ध भई बजारमा चरम समस्या हुदा पनि नगरपालिकाले कुनै वास्ता नगरेको प्रति स्थानियले आक्रोस ब्यक्त गरेका छन । खानेपानी र विजुली बत्ति नहुदा अहिले खोलाको पानी खानु परेको छ भने मैन बत्ति बालेर रात कटाउने गरेको बुढीनन्दा नगरपािलका वडा नं २ का स्थानिय मोहनदार दमाईले वताए । यसरी नगरपालिका र सम्वन्धीत निकायले वास्ता नगरे आफूहरु नगरपालिकामा ताला बन्दी गर्ने स्थितिमा पुगेको स्थानियको भनाई रहेको छ ।
दुई हप्ता देखि विजुली बत्ति छैन एक हप्ता देखि खाने पानी छैन स्थानिय तह के हेरेर बसेका छन स्थानियले प्रश्न गरेका छन । लामो समय देखि विजुली र खानेपानीको अभाव हुदा बजार क्षेत्रमा वस्ने ब्यापारी र स्थानियलाई चरम समस्या भएको उद्योग बाणिज्य संघ कोल्टीका अध्यक्ष काशीराम कैलाले वताए । खानेपानी, विजुली बत्ति जस्तो अति आवश्यकीय वस्नु दुई हप्ता सम्म अवरुद्ध हुदा स्थानिय सरकारले ध्यान नदिएको प्रति उहाँले दुखेसो गर्नुभएको छ ।
प्रदेश सांसद, नगरप्रमुख, उपप्रमुख भएकै गाउँ र आसपासका क्षेत्रमा खानेपानीको चरम अभाव भई रहदा जनप्रतिनिधिले कुनै वास्ता नगरेको स्थानियको आरोप रहेको छ । आरसीआइडब्लुले कोल्टीबाट नुरी जाने बाटो काट्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने सिराडी जाने बाटो निमार्ण गर्दा विजुली बत्ति अवरुद्ध बनेको छ । बुढीनन्दा नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्याले बत्तिको नहरमा परेको माटो फाल्ने काम आज देखि शुरु भएको र पानीका लागि पाइप किनेर जोड्ने काम भै रहेको वताए । अस्थाई रुपमा हिजो साँझै बाट खानेपानीको आपुर्ती हुने उहाँले वताएपनि शनिवार सम्म पानी आउन सकिरहेको छैन । समृद्धीका चर्का नारा लगाउने स्थानिय तहले खानेपानी विजुली बत्ति सडक ढल निकास जस्ता आधारभुत कुराहरु पनि पुरा गर्न नसकेको प्रति सामाजिक सञ्जालमा समेत चर्को विरोध भएको छ भने कतिपयले नगरपालिका नभएर नर्कपालिका समेत भनेका छन ।

चर्चामा

सम्बन्धित समाचार