बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • पहिरो नियन्त्रण सम्बन्धि एकदिने छलफल सम्पन्न

पहिरो नियन्त्रण सम्बन्धि एकदिने छलफल सम्पन्न

  • शनिबार, बैशाख ७, २०७६
पहिरो नियन्त्रण सम्बन्धि एकदिने छलफल सम्पन्न

बडिमालिका समचार
बाजुरा, ७ बैशाख
त्रिबेणी नगरपालिकामा शुक्रवार एकदिने पहिरो नियन्त्रण सम्बन्धि छलफल सम्पन्न भएको छ । त्रिवेणी नगरपालिकाको आयोजना, युनिसेफको आर्थिक सहयोग र हिमालयन कन्जरभेसन गुप्रको प्राबिधिक सहयोगमा कार्यक्रम भएको रेडक्रस बाजुरामा कार्यरत ईश्वरा सुवेदीले वताएकि छन् ।
३८ जना सहभागि भएको छलफलमा त्रिवेणी नगरपालिकामा पहिरो रोकथाम कसरी गर्ने बारे जानकारीका साथै पहिरो बाट बच्ने उपाय बारेमा छलफल गरिएको थियो । त्रिवेणी नगरपालिका अरु स्थानिय तह भन्दा बाढिपहिरोको जोखिमका रुपमा रहेको छ । पहिरो जना बाट जोगाउने उपाय र पहिरो नियन्त्रणका बारेमा बिस्तृत रुपमा छलफल भएको रेडक्रसका ईश्वरा सुवेदीले वताएकी छन् ।
छलफल कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य, बनउपभोक्ता समितिका प्रतिनिधि, पहिरो बाट प्रभाबित समुदाय गरि ३८ जनाको सहभागिता रहेको थियो । छलफलको सञ्चालन नेपाल रेडक्रस सोसाईटि कि ईश्वरा सुवेदीले गरेकी थिईन् । सहजिकरण प्राध्यापक डाक्टर रञ्जन दाहाले गरेको कार्यक्रमको अध्यक्ष नगरपालिका उपप्रमुख राधिका सुनारले गरेकी थिईन् ।

चर्चामा

सम्बन्धित समाचार