• होमपेज
  • देश
  • लुक्कामा समीट एयरको विमान दुर्घटना

लुक्कामा समीट एयरको विमान दुर्घटना

  • आइतवार, बैशाख १, २०७६
लुक्कामा समीट एयरको विमान दुर्घटना

काठमाडौं : सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको  ९ एन एमएच कलसाइनको  विमान  दुर्घटनामा परेको हो । उड्ने क्रममा  धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका  को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् ।  समीट एयरकै अर्का  कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइएको छ ।

विमानको ठक्करबाट मनाङ एयर र श्री एयर  हेलिकोप्टरमा क्षति पुगेको छ । विमानको ठक्करबाट मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बर  घाइते भएको र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।

अन्नपूर्णबाट

चर्चामा

सम्बन्धित समाचार