• होमपेज
  • देश
  • आज चैते दशैं र राम नवमी पर्व मनाईंदै

आज चैते दशैं र राम नवमी पर्व मनाईंदै

  • शनिबार, चैत्र ३०, २०७५
आज चैते दशैं र राम नवमी पर्व मनाईंदै

काठमाडौं, ३० चैत । आज चैत्रशुक्ल अष्टमी अर्थात चैते दशैं पर्व , देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ ।  देशका बिभिन्न स्थानमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै देखि पूजा तथा दर्शन गर्न दर्शनार्थीको चहलपहल हुने गर्दछ ।

चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ ।

आज मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी पर्व पनि हो । यस पटक चैते दशै र रामनवमी पर्व एकै दिन परेकोले हिन्दु धर्मालम्वीहरुले आजै चैते दशै मनाएर विशेष उत्सवको साथ राम नवमी पर्व पनि मनाउदै छन् । असत्यको अन्धकारमाथी सत्य अनि मर्यादाको उज्यालोको प्रतिकका रुपमा रामनवमी पर्व मनाईने गर्दछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका साथ नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाईल्याण्ड, श्रीलङ्का, फिजी टापू, साउथ अफ्रिका अनि ईन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यक्रमहरुको आयोजना गरी रामनवमीपर्व मनाउने गर्दछन् ।

चर्चामा

सम्बन्धित समाचार