• होमपेज
  • समाज
  • नयाँ वर्षको दिन मौसम यस्तो रहने

नयाँ वर्षको दिन मौसम यस्तो रहने

  • शनिबार, चैत्र ३०, २०७५
नयाँ वर्षको दिन मौसम यस्तो रहने
काठमाडौै – मौसम पूर्वानुमान महाशाखाले नयाँ वर्षका दिन देशका केही स्थानमा बदली भई पानी पर्नसक्ने बताएको छ।
विभागले पूर्वी तथा मध्य भूभागलगायत पश्चिमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भुभागमा आंशिक बदली रहने बताएको छ। यस्तै देशको पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको साथै पूर्वी र मध्य तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
आज अर्थात शनिबारपनि  देशका केही सथानमा वर्षाको सम्भावना रहेको छ। देशको पूर्वी तथा मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। बाँकी भूभागमा भने आंशिक बदली हुने महाशाखाले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार