शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पर्यटन
  • सेन्टीमिटरसहितको सगरमाथाको उचाइ नापेर ल्याउनुभन्दै प्रधानमन्त्रीले गरे टोलीको विदाइ

सेन्टीमिटरसहितको सगरमाथाको उचाइ नापेर ल्याउनुभन्दै प्रधानमन्त्रीले गरे टोलीको विदाइ

  • बिहिबार, चैत्र २८, २०७५
सेन्टीमिटरसहितको सगरमाथाको उचाइ नापेर ल्याउनुभन्दै प्रधानमन्त्रीले गरे टोलीको विदाइ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई बुधबार विदाइ गरेका छन्। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चारजना कर्मचारीको टोली आज त्यसतर्फ जान लागेका हुन्।टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रवीन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए।’नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ। तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला,’प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ।’

प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हाँसिल गर्नका लागि शुभकामना दिए। तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाएका छन्।’लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस् ।सगरमाथा त्यही हुन्छ।अर्को पटक गएर नापेर आए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘गाइडको निर्देशन पालना गर्नुहोला ।’

सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ। विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्यालको पनि सहभागीता थियो। सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ।  आजकाे अन्नुपर्ण पाेष्टमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार