शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • गौमुल
  • प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड संचालन

प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड संचालन

  • बुधबार, चैत्र २७, २०७५
प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड संचालन

मदन वि.क.
बाजुरा २७ चैत्र : बाजुराको गौमुल गाउँपालिकाले प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ गौमुल गाउँपालिकाको आयोजनामा बुधबारबाट गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु गरेको हो ।
गाउँपालिकाले गाउँपालिका भित्रका मावि, निमावि, विद्यालयका विद्यार्थीहरुका विच सहभागी गराई उक्त प्रतियोगीता संचालन गरिएकोे गाउँपालिकी उपाध्यक्ष सीता थापाले जानकारी दिएकी छन् ।
विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले उक्त प्रतियोगिता गाउँपालिकाले पहिलो पटक सञ्चालन गरेको गाउँपालिकाकि अध्यक्ष हरीबहादुर रोकाया बताएका छन् ।
प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स बिधाका खेल सञ्चालन गरिने भएका छन् । गौमुल गाउँपालिकामा रहेका ६ वटा विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रतियोगिताको बाजुराका प्रतिनिधि सभासदस्य लालबहादुर थापाले एक कार्यक्रमका विच उद्धघाटन गरेका छन् । प्रतियोगीता चैत्र २७ देखि २८ गते सम्म गाउँपालिकाको केन्द्र घटमुनामा संचालन गर्ने गाउँपालिकाले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार