शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पर्यटन
  • पर्यटन मार्फत विकास र समृद्धि – मुख्यमन्त्री भट्ट

पर्यटन मार्फत विकास र समृद्धि – मुख्यमन्त्री भट्ट

  • आइतवार, चैत्र २४, २०७५
पर्यटन मार्फत विकास र समृद्धि – मुख्यमन्त्री भट्ट

धनगढी, २४ चैत ।
मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूर पश्चिम प्रदेशको विकास र समृद्धिका लागि राजनीति र व्यक्तिगत स्वार्थमाथि माथि उठेर काम गर्न आवश्यक भएको बताएका छन् ।
कैलालीको मोहन्याल गाँउपालिकाको सोल्टामा शनिवार कर्णाली जम्बोरी ¥याप्mिटङ २०७५ को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले समग्र विकासलाई अघि बढाउन सुदूरपश्चिम प्रदेश जनता, बौद्धिक बर्ग, सम्पूर्ण राजनैतिक दलका कार्यकर्ता एकजुट भएर लाग्न जरुरी रहेको बताए ।
पर्यटनसंगै उर्जाको विकास गर्न सके कर्णाली नदीको सदुपयोगबाट सुदूर पश्चिम,कर्णाली र ५ नम्बर प्रदेशको विकासमा ठूलो योगदान पुग्नसक्ने मुख्यमन्त्री भट्टको भनाई थियो ।
मुख्यमन्त्री भट्टले प्राकृतिक स्रोत र पर्यटकीय स्थल धेरै भएर पनि तिनकोे पहिचान,प्रचार प्रसार र सदुपयोग नहुदा नेपालको विकास हुन नसकेको बताए ।
उनले बिगतमा विकास नहुनुको कारण सबैलाई थाह भएको बताउदै मुख्यमन्त्री भट्टले अव विकासका लागि सबै एकजुट भएर लाग्नुको बिकल्प नभएको बताए ।
मुख्यमन्त्री भट्टले लामो संघर्षबाट मुलुक र जनताले संबिधान र तीन तहको सरकार पाएको चर्चा गर्दै तीन वटै सरकारको मुख्य लक्ष्य विकास र समृद्धि भएको बताए ।
प्रदेश सरकार गठन भएको एक वर्ष बित्दा पनि खासै काम गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री भट्टले पुरानो संरचना प्रणालीले काम गर्न अप्ठ्यारो भएको र नतिजा दिन नसकिएको बताए ।
उनले राजनैतिक रुपले धेरै परिवर्तन भएपनि विकास हुन नसकेको बताउदै समृद्धि र विकासका लागि राजनैतिक क्षेत्रमा रहेका व्यक्तिले फरक ढंगले काम गर्न आवश्यक भएको बताए ।
उनले प्रदेश सरकारले केही पनि गरेन भनेर गरिने आलोचनामा सत्यता नभएको भन्ने जिकिर गर्दै जनताले अपेक्षा गरे अनुसार भने उपलब्धी हुन नसकेको स्वीकार गरे ।
उनले विकास गर्न खोज्दा बिरोध मात्र हुने गरेको बताउदै विकासका लागि सकारात्मक सोच जरुरी आवश्यक भएको बताए ।
कर्णालीबाट मोटरबोट चलाउन केही कम्पनीहरु तयार रहेको जानकारी दिदै त्यसका लागि काठमाण्डौंमा केही कम्पनीसंग छलफल समेत चलाएको मुख्यमन्त्री भट्टले बताए ।
उनले कर्णाली नदी उर्जा र पर्यटनकालागि सुदूरपश्चिमका लागि अत्यन्त प्रचुर संभावना भएको क्षेत्र रहेको बताए ।
उनले स्वास्थ्य,शिक्षा र पर्यटनको विकासका लागि अन्य विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकारले ल्याएको पहिलो बजेट व्यवस्थित नहुदा विकासका गति अघि बढ्न नसकेको बताउदै मुख्यमन्त्री भट्टले अवको बजेट व्यवस्थित र  बृहत रुपमा विकासका योजना ल्याउने बताए ।
कर्णाली नदीमा ¥याफ्टिङका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको कर्णाली ¥याफ्टिङ्ग ज्याम्बोरी २०७५ मा बिशाल सहभागिता रहने आयोजकले जनाएको छ ।
मोहन्याल गाँउपालिकाको आयोजनामा सञ्चालन भएको कर्णाली ¥याफ्टिङ जम्बोरीमा ५३ वटा ¥याफ्टिङमा झण्डै साढे पाँच सय जना सहभागी भएका थिए । कर्णालीमा एक साथ यति ठूलो संख्यामा ¥याफ्टिङ गरिएको यो पहिलो पटक हो ।
सोल्टाबाट चिसापानीसंगको करीव २३ किमीको जलयात्रा ३ घण्टामा तय भएको थियो ।
¥याफ्टिङमा मोहन्याल गाँउपालिकाको आयोजनामा शुरु भएको उद्घाटन कार्यक्रममा संघीय सांसद झपट रावल, भौतिक पूर्बाधार विकास मन्त्री पठानसिंह बोहरा, सभामुख अर्जुन बहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्य बहादुर थापा, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा,प्रहरी उपरीक्षक आभुषण तिम्सिना लगायतको सहभागिता रहेका थियो ।
कार्यक्रम मोहन्याल गाँउपालिकाको अध्यक्ष नवलसिंह रावलको अध्यक्षमा सम्पन्न भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार