आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • अभिनेत्री रेखा थापा विप्लव माओवादीमा ! एउटा पार्टिमा किन टिक्न नसक्या रेखा जी ?

अभिनेत्री रेखा थापा विप्लव माओवादीमा ! एउटा पार्टिमा किन टिक्न नसक्या रेखा जी ?

  • शुक्रबार, चैत्र २२, २०७५
अभिनेत्री रेखा थापा विप्लव माओवादीमा ! एउटा पार्टिमा किन टिक्न नसक्या रेखा जी ?

अभिनेत्री रेखा थापाको परिचय त अब दिइराख्नु परेन । झण्डैं २० बर्षअघि नेपाली चलचित्र उद्योगमा छिरेकी यि अभिनेत्री पछिल्लो समय राजनितीमा पनि सक्रिय छिन् । केहि बर्षअघि राप्रपाको केन्द्रिय सदस्यमा राम्रै मतका साथ बिजयी भएकी थापा अहिले कुन पार्टिमा छिन् ? कसैलाई पत्तो छैन ।
रेखाले भने आफु राप्रपामै रहेको बताउँछिन् । तर, रेखा पछिल्लो समय विप्लव माओवादीमा छिरेको बजारमा ब्यापक हल्ला फैलिएको छ । विप्लवका एक नाम चलेका नेताले समेत प्रवेश–नप्रवेश अहिले कुरा नगरौं तर उहांको समर्थन छ भनेका छन् ।
उनि निकट ब्यक्तिहरुले रेखा विप्लवमा प्रवेश गरेको बताउने गरेका त छन् नै, रेखा आफै पनि विप्लव पार्टिलाई सहयोग हुने किसिमका विभिन्न स्ट्याटस सामाजिक सन्जालमा शेयर गर्ने गरेकी छिन् । उनका स्ट्याटस पढ्दा समेत विप्लवको रङ भेटिन्छ ।

आज मात्रै विप्लव माओवादीले सुरुवात् गरेको एनसेलको सिम फिर्ताको स्ट्याटस राख्दै सहमती जनाएकी छिन् । केहि दिनअघि मात्रै विप्लवसँग सम्वन्धित एक समाचार ट्याग एसेप्ट गरेकी थिइन् । उक्त न्युज शेयर गरिएको स्ट्याटसमा लेखिएको थियो, ‘हामी आफ्नो आदर्शका लागि जस्तो सुकै कठिन यात्रा पनि गर्न तयार छौं, तर दलालहरू र दलाल पु“जीवादी सत्ताका सामु एकरत्ती झुक्न तयार छैनौैं ।’

यि अभिनेत्रीले केहि समयअघि नेपाल कम्युनिष्ट पार्टी विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध जायज नभएको बताएकी थिइन् । फेसबुकमा एक स्टाटस लेखेर सरकारले नेकपा विप्लवलाई जवर्जस्ती युद्धमा धकेलेको आरोप लगाएकी थिइन् । सरकारले विखण्डनकारी सिके राउतलाई अंगालो हालेको र देशभक्त विप्लवमाथि प्रतिबन्ध लगाएर नेपाली जनतालाई तर्साउन खोजेको भन्दै नायिका थापाले प्रतिबन्धका विरुद्धमा प्रतिवाद हुने बताएकी थिइन् । उनले ‘यो सरकार कसले चलाएको छ ? जवर्जस्ती युद्ध थोपर्न पो थाल्यो, देशभक्त ‘विप्लव’ माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’

रेखाले विप्लवलाई समर्थन गरेका स्ट्याटस, विप्लवका नेताहरुको फेसवुकमा कमेन्टका आधारमा उनि सतप्रतिशत विप्लव माओवादीमा प्रवेश गरेको अनुमान लगाउन खासै गाह्रो पर्दैन । विप्लवकै शैलीमा रेखाले ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ जस्ता स्ट्याटस निरन्तर लेख्ने गरेकी छिन् । कहिले माओवादी, कहिले राप्रपा, कहिले कता हुँदै अहिले विप्लवमा प्रवेश गरेकी यि अभिनेत्रीलाई एउटा प्रश्न, ‘एउटा पार्टिमा किन टिक्न नसक्या रेखा जी ?’ यदि आधिकारिक रुपमा विप्लवमा प्रवेश नगरेको हो भने अर्को प्रश्न, ‘तपाइले पछिल्लो समय सार्वजनिक गरेका अभिव्यक्ती विप्लव केन्द्रित छन्, कहिले प्रवेश गर्नुहुन्छ विप्लवमा ? तेस्रो प्रश्न, ‘चलचित्र क्षेत्र छोडेर अब पुर्ण रुपमा राजनितीमा लाग्ने त हैन ?’
अब यथार्थ कुरा त रेखाले बोलेपछि मात्रै थाहा होला की !
साप्ताहिक संवाददाता

चर्चामा

सम्बन्धित समाचार