शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पर्यटन
  • कर्णाली र्‍याफ्टिङ गरि विश्व किर्तिमान राख्ने लक्ष्य

कर्णाली र्‍याफ्टिङ गरि विश्व किर्तिमान राख्ने लक्ष्य

  • बिहिबार, चैत्र २१, २०७५
कर्णाली र्‍याफ्टिङ गरि विश्व किर्तिमान राख्ने लक्ष्य

पर्यटन भ्रमण वर्ष २०२० र कैलाली भ्रमण वर्षलाई लक्षित गरि कर्णाली नदिमा चैत्र २३ गतेदेखि २५ गतेसम्म जलयात्रा हुने भएको छ। आयोजक कैलाली जिल्ला समन्वय समितिले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुराको जानकारी दिएको हो।

कर्णालीमा १ सय ११ ओटा ¥याफ्टिङबाट १ हजार एकसय दश जनालाई जलयात्रामा सहभागी गराउने लक्ष्य रहेको जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्य बहादुर थापाले जानकारी दिए। उनका अनुसार ‘कर्णाली ¥याफ्टिङ जेम्बोरी २०१९’ दिएर हुने उक्त जलयात्रा विश्वकै सबैभन्दा बृहत हुने भएकाले विश्व किर्तिमान राख्ने लक्ष्य रहेको छ।

कैलालीको सोल्टादेखि चिसापानी सम्म २३ किलोमिटरको जलयात्रा विभिन्न देशबाट प्रतिनिधित्व हुने उनले जानकारी दिए। जलयात्राको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका मुख्यमन्त्रीहरुले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहको छ।

यअसअघि चैत २ गते हुने भनिएका ¥याफ्टिङ जेम्बोरी स्थगित भएको थियो। पर्यटन मन्त्री रविन्द्र अधिकारी लगायत सात जनाको हेलिकप्टर दुर्घटनामा निधन भएकोले ¥याप्फ्टिङ जम्बोरी स्थगित गरिएको थियो। त्यसअघि फागुन २५ गते गर्ने भनिएको कार्यक्रम चैत २ गतेका लागि सारिएको थियो।
 दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार