शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • युवा गजलकार-सुरेन्द्र शाहीकाे मायाजालमा फसाएर गजल

युवा गजलकार-सुरेन्द्र शाहीकाे मायाजालमा फसाएर गजल

  • आइतवार, चैत्र १०, २०७५
युवा गजलकार-सुरेन्द्र शाहीकाे मायाजालमा फसाएर गजल

मायाजालमा फँसाएर झुमाएको त्यही दिन।
हजुरले नै कुमारीत्व गुमाएको त्यही दिन।।
सम्झिन्छु है ऐ`लेपनि बेस्सरी नै अतितलाई,
रतिभावमा शरीरभरी चुमाएको त्यही दिन॥
ख्यालख्यालैमा तिमी र म यौवनको प्यासी भइ,
दुई मुटु चिप्काएर जमाएको त्यही दिन।।
वा..वा.. गर्दै पौडीखेल्दै मायाको यो समुन्द्रमा,
एकअर्काले आपसमा सुमसुमाएको त्यही दिन।।
ज्यानैफाल्छु तिम्रानिम्ति यदिमैले पाइन भने,
यस्तैभन्दै “गुलाब”लाई घुमाएको त्यही दिन।।
युवा गजलकार-
सुरेन्द्र शाही”गुलाब कान्छो”,बाजुरा
काठमाडौं

चर्चामा

सम्बन्धित समाचार