• होमपेज
  • पत्रपत्रिका
  • आरोहीसँगै नेपाली कुकुरले पनि चढ्यो ७ हजार मिटर अग्लो ‘वरुणत्से’ हिमाल

आरोहीसँगै नेपाली कुकुरले पनि चढ्यो ७ हजार मिटर अग्लो ‘वरुणत्से’ हिमाल

  • शुक्रबार, चैत्र ८, २०७५
आरोहीसँगै नेपाली कुकुरले पनि चढ्यो ७ हजार मिटर अग्लो ‘वरुणत्से’ हिमाल

काठमाडौं, ८ चैत । कुकुरले खोला तरेको दृष्य हाम्रो लागि सामान्य हो । तर, कुकुरले हिमाल चढेको कुरा भने धेरैका लागि नयाँ र नौलो लाग्न सक्छ । वास्तवमा यो घटना नयाँ र नौलो नै हो ।

एउटा सामान्य नेपाली कुकुर सात हजार मिटर उचाइको वरुणत्से हिमालको चुचुरोमा पुग्न सफल भएको छ । ‘मेरा’ नाम गरेको उक्त कुकुरले हिमाल ओरोहीका साथमा रहेर उक्त रेकर्ड राख्न सफल भएको हो ।

वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको यो कुकुर बिना सुरक्षा सामग्री चुचुरोसम्म पुगेको आरोहीहरूले बताएका छन् । वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटकमध्ये डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेपछि यो खबर सार्वजनिक भएको हो । अमेरिकाको सियाटलका डनकाअनुसार मेरालाई बाटोमा आवश्यक ठाउँमा जीप लाइन लगाउनु बाहेक अरू कुनै सहयोग गर्नु परेन ।

ऊ आफ्नै बलबुतामा चुचुरोसम्म पुगेको डनले सामाजिक सञ्जालमा लेखेका छन् । मेरापिक आसपास भेटिएकाले आरोहीहरूले नै ‘मेरा’ नाम राखिदिएका थिए । डनले विभिन्न सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार पोथी कुकुर मेरा तिब्बत र नेपालकै हिमाली भेगमा भेडाको सुरक्षा गर्ने हिमाली जातको हो । बिना सहायता हिमाल चढ्ने मिरा सम्भवत पहिलो कुकुर भएको दाबी गरिएको छ ।

नयाँपेजबाट

चर्चामा

सम्बन्धित समाचार