शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

  • सोमवार, चैत्र ४, २०७५
लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

प्राय दिनहु विश्वमा अनैठों अनैठो घटनाहरू भइरहेको हुन्छ । त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनैठो घटना भएको छ । फाइल फोटोआफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ ।

मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ ।

साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा फ्याँक्ने गरेको उनको आरोप छ ।

उनको अर्को आरोप झनै गम्भीर छ । आफू श्रीमतीसँग एउटै ओछ्यानमा सुत्न नपाएको र सँगै सुत्न खोज्दा लात्ताले हिर्काएर घचेटेको उनको गुनासो छ । यदि वादीको दाबी पुगेमा ती महिलालाई ६ वर्षसम्मको जेल सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार