शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • करिडोरमा सेनाले बम बलाष्टीङ्ग गर्दा लाखौको क्षती

करिडोरमा सेनाले बम बलाष्टीङ्ग गर्दा लाखौको क्षती

  • आइतवार, चैत्र ३, २०७५
करिडोरमा सेनाले बम बलाष्टीङ्ग गर्दा लाखौको क्षती

बडीमालिका खवर
बाजुरा ३ चैत्र
बाजुराको हिमाली गाउँपालिका– ५ कवाडीमा रहेको कर्णाली करिडोर सडक निर्माणका क्रममा वडा कार्यालय लगायत आसपासका क्षेत्रमा क्षेती पुगेको छ । कर्णाली करिडोर सडक निर्माणका क्रममा गएको माघ महिनामा ढुङ्गा फुटाउन प्रयोग गरेको बम बलाष्टिङ्गले क्षति पुगेको हो ।
निर्माणाधिन अबस्थामा रहेको उक्त करिडोर सडक खण्डमा निर्माण काम भईरहेकोले क्षेती भएको सेनाले बताएको छ । वडा अध्यक्षले वडामा मात्र क्षेती भएको भनेता पनी कवाडी क्षेत्रमा रहेका स्थानियका घर खेतमा समेत क्षेती भएको नेपाली सेनाले बताएका छन । नेपाली सेनाले बम बलाष्टीङ गर्दा वडा कार्यालयको पाँच लाख बढीको क्षती भएको वडा अध्यक्ष अम्मलाल कार्कीले बताएका छन ।
कार्कीले दिएको जानकारी अनुसार सडक क्षेत्रमा रहेका होटल र पसल गरेर बसेका व्यवसायीहरुको घर तथा टहरा पुर्ण रुपमा क्षति पुगेको बताए ।
सडक निर्माणाधिन रहेको कवाडी नजिकै हाटबजार माथि पट्टीको सेते भिरमा नेपाली सेनाद्धारा भिरमा बलाष्टीङ्ग गर्दा वडा कार्यालय, नजिकै रहेको स्थानिय कवाडि बजारका २३ वटा होटल पसल गरी बसेका ब्यवसायिहरु समेतका टहरा आङसीक रुपमा क्षति भएका हुन् ।
सेनाको बम बलाष्टिङ्गले पु¥याएको क्षतीको राहत नदिएपछि स्थानीय सडक निर्माणमा अवरोध गरेको .हिमाली गाउँपालिका–५ का वडाअध्यक्ष कार्कीको भनाई रहेको छ ।
कर्णाली करिडोर निर्माण कार्यदलका शंकर सेजुवालका अनुसार सडक निर्माण कार्यमा अझै क्षति हुन सक्ने भएकाले तत्काल क्षति दिन नसकिने बताएका छन. । निर्माणका कार्य सम्पन्न भएपछि मात्र क्षतिको मुल्याङ्कन गरेर मात्र राहत दिने प्रावधान रहेको कार्यदलका सेजुवालको भनाई रहेको छ ।
सडक आसपासमा रहेका होटल तथा पसलहरुमा क्षति पुगे पनि कुनै सरोकारवाला निकायहरुबाट क्षतिपुर्ति नदिएको पिडितले गुनासो गर्न थालेका छन् ।
यता प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बम बलाष्टिङ्गबाट क्षति भएको बारेमा जानकारी नआएको बताएका छन । प्रजिअ बरालले घटनास्थलमा गएर अनुगमन गरेपछि मात्र क्षतिपुर्ति दिने बताएका छन् ।
वडा कार्यायलाई सहज रुपमा स्थानीयलाई सेवा दिनका लागि पीसविन बाजुराले उक्त वडालाई सोलार,कम्प्युटर,फोटाकपी मेसिन गरी एक लाख ८५ हजार बराबरको सामग्री सहयोग गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार