शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • समुदाय बाट लाखौ पैशा उठाएर फरार संस्था, ७ जना बिरुद्ध ठगि मुद्धा

समुदाय बाट लाखौ पैशा उठाएर फरार संस्था, ७ जना बिरुद्ध ठगि मुद्धा

  • शुक्रबार, चैत्र १, २०७५
समुदाय बाट लाखौ पैशा उठाएर फरार संस्था, ७ जना बिरुद्ध ठगि मुद्धा

प्रकाश सिंह
बाजुरा, १ चैत
बाजुरा जिल्लामा समुदाय बाट लाखौ रकम उठाएर एक संस्था भागेको छ । कर्णाली एग्रीकल्चर डेभलप्मेन्ट नेपाल प्रा. लि. नामक संस्थाले समुदायमा समुह गठन गर्दै पैशा उठाएर भागेको पाईएको छ ।
बाजुरा जिल्लाका स्थानिय तहमा आर्कष तलब दिने भन्दै १३ जना सामाजिक परिचालक समुदायमा परिचालन गरेर पैशा उठाएको पाईएको छ । १७ सय १० कृषक समुहबाट ५ सयका दरले ८ लाख ५५ हजार उठाएर संस्था भागेको सामाजिक परिचालकमा काम गरेकी पुजा खातिले बताएका छन् । समुदाय बाट पैशा उठाएर संस्था भागेर गयो, आफुहरुले पनि तलब नपाएको उनले वताईन् । १३ जना सामाजिक परिचालकलाई मासिक १७ हजार ५ सयको नियुक्ति दिएको थियो, ५ महिना काम गरे एक पैशा पनि नपाएको उनले वताईन् । समुदाय बाट पैशा उठाएर अफिसमा बुझाउथ्यौ, उनिहरु केन्द्रिय अफिस सुर्खेतमा पठाउने गरेको पुजाले वताईन् ।
कृषक बाट पैशा उठाएर भागेपछि कृषकहरु मिलेर संस्थाका नाममा माघ १० गते जिल्ला प्रहरी कार्यलय बाजुरामा उजुरी दिएको बडिमालिका नगरपालिका ४ का कृषक कमला देबी कार्कीले वताएकि छन् । उनिहरुले ७ जनाका बिरुद्धमा जिल्ला प्रहरी कार्यलय बाजुरामा उजुरी दिएका छन् । कर्णाली एग्रीकल्चर डेभलप्मेन्ट नेपाल प्रा. लि.मा आबद्ध रहेका संस्थाका अध्यक्ष दैलेख घर भएका लालमणी देबकोटा, सुर्खेतका सन्दीप श्रेष्ठ, रनविर विक, राजेन्द्र मल्ल, राज कुमार बास्तोला, हेम बहादुर चन्द र कालिकोट घर भएका मणिचन्द्र पाण्डे बिरुद्ध ठगी मुद्धा दिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । ७ जनाका बिरुद्धमा मुद्धा आएपछि उपस्थिति गराउनका लागि जिल्ला प्रहरी कार्यलय दैलेख, सुर्खेत र कालिकोटमा पत्रचार गरेको प्रहरीले जनाएको छ ।
संस्थाको बाजुरा प्रमुख भएर आएकि सिता रणी मगरले भनिन्, आफुलाई पनि राम्रो तलब दिने भन्दै बाजुरा आएको वताईन् । समुदाय बाट पैशा उठाएर केन्द्रिय कार्यलय पठाएको स्वीकार गरेकी छन्, आफुले पनि तलब नपाएको वताईन् । कर्णाली एग्रीकल्चर डेभलप्मेन्ट नेपाल प्रा. लि.का अध्यक्ष लालमणी देबकोटाले भने बाजुरा प्रमुख बनाएर पठाएकी सिता रणी मगरलाई थाहा होला, आफु अहिले सुर्खेतको प्रहरी कार्यलयमा रहेको भन्दै भनेर धेरै बोल्न चाहेनन् ।
कर्णाली एग्रीकल्चर डेभलप्मेन्ट नेपाल प्रा. लि. कम्पनी ऐनमा दर्ता भई सुर्खेत जिल्लामा ठेगाना रहेको पाईएको छ । बाजुरा जिल्लामा वनमा आधारीत अलैची खेती, फलफुल खेतीमा काम गर्ने भन्दै स्थानिय तह, प्रशासनको अनुमति बिना कर्मचारीको लागि बिज्ञापन गरेको थियो । बिज्ञापनमा खोल्दा २ सय १७ जनाले दखास्त दिएको थियो, उनिहरु बाट गैरकानुनी रुप बाट ३ सयका दरले पैशा उठाएको थियो, गैर सरकारी महासंघका केन्द्रिय सदस्य काशि बिकले वताएका छन् । आफुहरुले त्यो बेला नै सस्थाले मनोमानी पैशा उठाएको भनेर बिरोध गरेका थियौ, उसको बिद्यानमा बाजुरा कार्यक्षेत्र पनि थिएन्, बिकले वताए । सस्थाले स्थापना गरेको घरको भाडा समेत नदिएर भागेको घर मालिक हंश थापाले वातएका छन् । मासिक १० हजार दिने गरी सम्झौता भएको थियो, तिन महिनाको दिएर गयो, ६ महिनाको नदिएर भागेको थापाले वताए ।
प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आफु कहाँ बाजुरामा काम गर्न अनुमति माग्न आएको थियो, आफुले नदिएको वताए । आफु नदिदा जिल्ला समन्वय समिति बाट अनुमति लिएको बुझिन आएको वताए । जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले भने काम गर्न त अनुमति दिएको हो, उसले के गरेको हो कुनै जानकारी नभएको वताए । यो संस्थाले बाजुरामा काम गर्न शुरु गरे देखि नै बिवाद शुरु भएको एक नागरिक अगुवाले वताएका छन् । नेकपा समर्थक नेता तथा कार्यक्रताले संस्थाका बारेमा बिरोध गरेपछि उनिहरुले काग्रेस समर्थक नेता तथा कार्यक्रतालाई हातमा लिएर काम गरेको एक नागरिक अगुवाले वताएका छन् । सामाजिक परिचालकमा पनि बढि काग्रेस सर्मथक रहेको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार