बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • जनताको विरुद्ध दमन गरे एकै रातमा सबै स्थानीय तह कब्जा गर्दिन्छौं।

जनताको विरुद्ध दमन गरे एकै रातमा सबै स्थानीय तह कब्जा गर्दिन्छौं।

  • मङ्लबार, फाल्गुन २८, २०७५
जनताको विरुद्ध दमन गरे एकै रातमा सबै स्थानीय तह कब्जा गर्दिन्छौं।

केही दिन भित्र सिके राउतलाई राष्ट्रिय सभाको सदस्य (सांसद ) बनाएर मन्त्री समेत बनाउने भित्री खेलमा केपि र प्रचण्ड लागेको सजिलै अनुमान गर्न सकिन्छ।नेपाली जनताको अधिकारको लागि बलिदानी पुर्ण संघर्ष गर्दै आएको पार्टीलाई लुटेरा भन्दै देशद्रोही सिके राउत संग लगन गाठो कसेर अरुलाई ढुङ्गा हान्न सिकाएर आफू सिसाको घरमा बसेर बडो सुरक्षीत ठान्ने यो देशको वास्तविक लुटेराहरुले खोजेको चाहिँ के हो? बन्दुकको आडमा 50 लाख कार्यकर्ता भएको पार्टी संग जुवारी खोजेकै हो त? जनताको आवाजलाई बन्दुकको आडमा दवाउने सपना नदेखेकै राम्रो होला । दमन गरेर केही मन्छे मारेर केहिलाई जेलमा हालेर सधैं जनता लुट्ने सपना नदेखेकै राम्रो होला

जनताले चाहायो भने एकै रातमा तिम्रा सम्पुर्ण लुटको केन्द्र जनताले ७७ ओटै जिल्लामा कब्जा गर्न सक्छ नगर पालिका देखि गाउँ पालिका र सम्पुर्ण तिम्रा वाडा कार्यलय एकै रातमा कब्जा गर्दिन सक्छ। त्यसैले जनता संग धेरै चुरिफुरी नगरेकै राम्रो होला सक्छौ भने भ्रष्टाचार गर्नेलाई कार्वाही गर कम्सेकम एउटा प्रदेशमा एक बर्षमा दस हजार मान्छेलाई रोजगारको व्यवस्था गर बल्ल तिम्रो बिश्वास जनताले गर्ने छ होइन भने जनताको विरुद्ध गाउँ गाउँमा दंगाको गस्ती गराएर जनता आतंकित नपार परिणाम ५२,६० को जस्तो हुनेछ।

चर्चामा

सम्बन्धित समाचार