बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • जापानकी ११६ वर्षीया केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्ति

जापानकी ११६ वर्षीया केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्ति

  • आइतवार, फाल्गुन २६, २०७५
जापानकी ११६ वर्षीया केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्ति

२६ फागुन, काठमाडाैँ । आफ्नो जीवनको उत्तरार्द्धमा पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी ११६ वर्षीया केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वर्ल्ड रेकर्डस्ले शनिबार जनाएको छ ।

विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको वर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिएकी तानाका चार सन्तानकी आमा रहेकी छिन् भने उहाँले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण दिएकी छन् ।

तानाकालाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता दिएपछि उनी बस्दै आएकी जापानको पश्चिमी फुकुओमा शहरमा नगर प्रमुख सोइचिरो ताकाशिमा तथा दर्जनौँ शुभेच्छुक भेला भै उनकाे सम्मान गरिएको छ । उनलाई एक नर्सिङ होममा राखी रेखदेख गरिँदै आएको छ । जीवनमा सबैभन्दा सुखद् क्षण कुन रह्यो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले संक्षिप्त तर प्रष्ट स्वरमा भनिन्, “अहिले ।”

सामान्यतया हरेक बिहान ६ बजे उठ्ने तानाका अहिले पनि दिनभर गणितका कुरा तथा सुन्दर हस्तलेखनका लागि अभ्यास गर्छिन् । उनले बसेर खेल्न सक्ने खेलहरू खेल्न मन पराउने गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ । विश्वका धेरै बाँच्ने मुलुकका नागरिकको जस्तै जापानीहरूको आयु पनि दीर्घ रहने गरेको पाइन्छ ।

जापानी जिरोएमोन किमुरा कानूनी रूपमा रेकर्ड गरिएका व्यक्तिमध्ये विश्वकै सबैभन्दा बढी बाँच्ने पुरूष थिए जसको मृत्यु ११६ वर्षको उमेरमा सन् २०१३ को जुनमा भएको थियो ।

गिनिज बुकका अनुसार विश्वकै सबैभन्दा बढी बाँच्ने व्यक्तिका रूपमा भने फ्रान्सकी जेन लुईस केल्मेन्ट रहेका थिए । जसको मृत्यु सन् १९९७ मा १२२ वर्षको उमेरमा भएको थियो । रासस

चर्चामा

सम्बन्धित समाचार