शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा नारी दिवस सम्पन्न

त्रिबेणी नगरपालिकामा नारी दिवस सम्पन्न

  • शुक्रबार, फाल्गुन २४, २०७५
त्रिबेणी नगरपालिकामा नारी दिवस सम्पन्न

बडिमालीका खबर
फागुन, २४ तोली
त्रिबेणी नगरपालिकाले पनि बिबिध कार्यक्रम गरि नारी दिवस मानाईएको छ । १०९ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा त्रिवेणी नगरपालिकामा कार्यक्रम मनाईएको छ । नगरपालिकाको आयोजनामा भएको नारी दिवसको अध्यक्षता नगरस्तरिय आमा समुहकी अध्यक्ष जानकी सुनारले गरेकी थिईन् । प्रमुख अतिथी नगरप्रमुख रामसिह रावल, बिशिष्ट अतिथी नगर उपप्रमुख राधिका सुनार रहेकी साहयक महिला विकास निरिक्षक यशोदा थापाले वताएकि छन् ।
स्वागत मन्तव्य नवदुर्गा महिला कृषि सहकारी सस्थाकि अध्यक्षता पदमा देवि साउदले गरेकी थिईन् । कार्यपत्र प्रस्तुत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बजुरा कार्यक्रम अधिकृत इस्वरा सुवेदिले गरेकि थिईन् । कार्यक्रम संचालन महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख यशोदा थापा गरेकी थिइन् ।
कार्यपत्रमा महिला दिवस शुरु हुनुको उद्देश्यका बारेमा जानकारी गराएकि छन् । साथै वर्तमान अबस्थामा अन्तराष्ट्रिय स्तर देखी नेपालमा कसरी मनाउन थालियो बारेमा जानकारी गराएको ईश्वरा सुवेदिले वताएकी छन् । कार्यक्रम रयाली गरेर नगरपालिकाको सभाहलमा सञ्चालन भएको थियो ।
प्रमुख अतिथि नगरपालिका नगरप्रमुख राम सिं रावलले भने महिलाहरु आत्मनिर्भर हुनको लागि नगरपालिका साथ दिने वताए । साथै आत्मनिर्भरले महिलाको अधिकार प्राप्त गनका लागि आवाज दिनमा सहयोग पुग्ने, तब मात्र समाज समुन्त हुने वताए । त्यस्तै उपप्रमुख राधिका सुनारले अधिकार को संगै कर्तव्य को पालना पनि गर्नुपर्ने, तब मात्र महिला र पुरुषमा समानता हुने वताईन् ।
महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने गरिन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन ।
सर्वप्रथम् १९०९ फेब्रोअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको बताएको छ । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तराष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार