शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाको श्रद्धाञ्जली सभा सम्पन्न

नेकपाको श्रद्धाञ्जली सभा सम्पन्न

  • बिहिबार, फाल्गुन २३, २०७५
नेकपाको  श्रद्धाञ्जली सभा सम्पन्न

बडीमालिका खवर

बाजुरा २३ फागुन

देशभरी एकै साथ आयोजना भएको द्धय अधिकारीको ७ औ दिनको पुण्य तिथिको अवसमा श्रद्धाञ्जली आयोजना गरिएको छ । श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना पार्टी कार्यालयमा गरिएको हो ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका नेकपा नेता तथा संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र नेकपा नेता पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको संयुक्त रुपमा नेकपाको पाटी कार्यालयमा सभाको आयोजना गरिएको नेकपा नेता भरत थापाले बताएका छन् । नेता गगन रावलले भने पाटीको बिधी बिपरीत सभाको आयोजना गर्न लागीएकोले आपत्ती जनाउदै बिहानको शभाबाट बाहीरीएको बताएका छन् ।
नेकपा केन्द्रीय कमिटीको निर्णय अनुसार द्धय अधिकारीको मृत्युपछि तिन दिन पाटीको आधा झण्डा झुकाउने र २३ गते अर्थात आज श्रद्धाञ्जली सभा गर्न निर्देशन अनुसार उक्त सभाको आयोजना गरिएको नेकपाका नेता महेश शाहीले बताए ।
आज विहान ८ः०० बजे बाजुरा मार्तडीमा रहेको नेकपाको पाटी कार्यालयमा भएको श्रद्धाञ्जली सभाका सहभागी भएका नेकपाका नेता गगन रावल र देवी चन्द्र बुढाको नेतृत्वमा रहेका नेता तथा कार्यकर्ताले सभामा विधी र निती विपरित सभाको आयोजना गरेको असन्तुष्टी जनाउदै बाहिरीएका छन् ।
द्धय नेताको नेतृत्वका कार्यकर्ताहरुले भने आजै विहान ११ः३० बजे नेकपाको पार्टी कार्यालयमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने नेकपाका नेता गगन रावलले बताएका छन् ।
सो सभाको सभाअध्यक्ष बनाउने विषयमा विवाद भएपछि गुटैपिच्छे उक्त सभाको आयोजना हुने भएको छ । मृत्युवरण गरेका नेकपाका नेताद्धय अधिकारी माथि भने राजनिति भएको नेकपाका कार्यकर्ताहरुको बुझाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार