शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • चीनले बनायो दुनियाँकै लामो सुतेको महल

चीनले बनायो दुनियाँकै लामो सुतेको महल

  • सोमवार, फाल्गुन २०, २०७५
चीनले  बनायो दुनियाँकै लामो सुतेको महल

छिमेकी मुलुक चीन विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा चमत्कार गर्न माहिर छ । यसपटक पुनः यो देशले इन्जिनियरिङको एक अद्वितीय नमूना पेश गरेको छ, जसलाई देख्न पाउँदा दुनिया नै दङ्गदास नभईरहन सक्दैन ।

चीनले एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो होइन सुतेको छ । चार वटा ६० तले गगनचुम्बी महलमाथि सुताएर चीनले यो विशाल महल तयार गरेको हो ।
चीनको यो परियोजनाको नाम हो र्याफल सिटी चोंगकिंग । चोंगकिंग सहरको योंगझोउ जिल्लामा यो दुनियाकै लामो तेर्सो महल बनेको छ ।

दुनियाका सबै भवनहरु ठाडो छन् । तर यो भवन चीनले तेर्सो बनाएको छ । जुन आफैमा आश्चर्यले भरिपूर्ण छ ।

यो सुतेको भवनको लम्बाई २ सय ५० मिटर रहेको छ । यो भवनमा १४ सयवटा सुविधा सम्पन्न अपार्टमेन्ट रहेका छन् । साथै एउटा लग्जरी होटल र १.६० लाख वर्गमिटरको ठूलो अफिस स्पेस तथा सपिङ सेन्टर पनि रहेको छ । यो भवन पूर्णरुपमा तयार हुने क्रममा रहेको छ ।

यो भवनको डिजाइन चीनको पारम्परिक डुंगा जस्तै रहेको छ । भवनको माथिल्लो भागमा याङ्जे र जियालिंग नदीको दोभानजस्तो संरचना बनाइएको छ । यो भवनको नाम क्रिस्टल राखिएको छ ।


यो सुतेको गगनचुम्बी भवनको निर्माण चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनीमध्येको एक क्यापिटालेन्डले गरेको हो । यो भवन बनाउन अहिलेसम्म ६ वर्ष लागिसकेको छ भने यसको निर्माणमा ४ खर्ब ३२ अर्ब लागत लाग्ने बताइएको छ ।

इजरायली आर्किटेक्ट मोशे स्याफदीले यो भवनको डिजाइन गरेका हुन् । उनले सिंगापुरको म्यारिना बे स्याण्डस् तथा जेरुसेलमको याड बासेम होलोकास्ट म्युजियम लगायतको डिजाइन गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार