शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • फेरी बैशाखमा यस्तै हुन्छ : ज्योतिष अर्जुन क्षेत्री (भिडियो)

फेरी बैशाखमा यस्तै हुन्छ : ज्योतिष अर्जुन क्षेत्री (भिडियो)

  • शुक्रबार, फाल्गुन १७, २०७५
फेरी बैशाखमा यस्तै हुन्छ : ज्योतिष अर्जुन क्षेत्री (भिडियो)

फेसबुक लाइभबाट चर्चामा आएका र युट्युब च्यानलहरुमा गरेको भविष्यवाणीबाट भाइरल बनेका युवक हुन् अर्जुन क्षेत्री । उनले पहिले त आफुलाई ज्योतिष अर्जुन क्षेत्री भन्ने गर्दथे तर नेपालको ज्योतिष परिषदले अनर्गल भविश्यवाणी गरेको भन्दै माफी माग्न लगाएपछी ज्योतिष त्यागेर आफु केवल फेसरिडर रहेको घोषणा गरेका थिए ।

त्यस लगत्तै उनले आफुले पाएका प्रमाणपत्रहरु पनि जलाएका थिए । उनले गरेका भविष्यवाणीहरु मध्ये एउटा भविश्यवाणी हो, माघ र फाल्गुन महिना भित्र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल र सिनामंगल वरिपरी ठुलो दुर्घटना हुन्छ । विमान वा हेलिकप्टर दुर्घटना हुन सक्छ भनेका थिए । दुर्घटना पनि भयो र भनेकै महिना भित्र पनि भयो तर त्रिभुवन विमानस्थलमा नभएर ताप्लेजुङमा भयो ।घटना लगत्तै अर्जुन क्षेत्रीले आफ्नो भविष्यवाणी मिलेको भन्दै एकाएक पुन: मिडियामा आएका छन ।

ज्योतिष परिषदका ठुला ज्योतिषीहरुले गल्ति गरेको भनेर माफी मगाए पछी अब मिडियामा अन्तर्वार्ता नदिने घोषणा गरेका अर्जुन क्षेत्रीले एउटा दुर्घटना हुन साथै पुन: मिडियामा आउनुले उनको बोलीको विश्वसनीयता भने नरहेको स्पष्ट हुन्छ ।

भिडियो :

https://www.youtube.com/watch?v=mgGEtpEQhDM

द न्यूज अफ नेपाल बाट

चर्चामा

सम्बन्धित समाचार