बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • एक दशक देखि साहित्य लेखनमा : रञ्जना

एक दशक देखि साहित्य लेखनमा : रञ्जना

  • बिहिबार, फाल्गुन १६, २०७५
एक दशक देखि साहित्य लेखनमा  : रञ्जना

विगत एक दशक देखि साहित्य लेखनमा कलम चलाउँदै अाएकी छन । साहित्यकार तथा समाजसेवी रञ्जना कार्कीद्धारा लिखित उपन्यास “प्रेमको महासागर” अब छिट्टै पाठकहरु माझमा आउने तयारीमा रहेको छ। क्यानडा र अमेरीकाको विचमा रहेको विश्व प्रसिद्ध झरना नियाग्रा फल्समा भएको प्रेमिल प्रसंग जोडिएको उक्त उपन्यास धेरै रोमाञ्चक र आजका युवा पुस्ताहरुको प्रेम जीवनमा मेल खाने कथा वस्तु रहेको साहित्यकार रञ्जना कार्कीले बताइन। हाल क्यानडामा बस्दै अाएकी  कार्की साहित्य लेखनमा सानै देखि कलम चलाउँदै अाएकी छन ।

साहित्य मेरो जीवन हो, साहित्यद्वारा समाज र देशलाई सदमार्गमा अगाडी बढाउन चहान्छु भन्ने आत्मविश्वासका साथ प्रवासमा रहेर पनि कलम चलाउदै अाएकी कार्कीले बताइन ।
धेरै समयको अन्तराल पछि पहिलो पुस्तकको रुपमा उक्त उपन्यास प्रकाशित गर्न लागेकी छन। सहयात्री दर्पण नेपालको प्रकाशनमा प्रकाशित हुने उक्त उपन्यासलाई सहयात्री दर्पण नेपालका अध्यक्ष तथा साहित्यकार गोबिन्द कडेल आँसुले सम्पादन गरेका छन।

चर्चामा

सम्बन्धित समाचार