बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सरकारी चिकित्सक संघले बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने

सरकारी चिकित्सक संघले बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने

  • सोमवार, फाल्गुन १३, २०७५
सरकारी चिकित्सक संघले बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने

काठमाडौँ– सरकारी चिकित्सक संघले मंगलबारसम्म माग सम्बोधन नभए बुधबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी लिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत सरकारी चिकित्सक संघ बीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव र आन्दोलनरत सरकारी चिकित्सकबीच भएको वातामा कुनै सहमति हुन नसकेको सरकारी चिकित्सक संघले जनाएको छ ।
मन्त्रालयले चिकित्सकको माग जायज भएको बताएपनि निकासको बाटो तय हुन नसक्दा वार्तामा निष्कर्षविहिन भएको बताइएको छ ।
कर्मचारी समायोजनको विषयमा विरोध जनाउँदै आएको सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि आइतबारदेखि लागू हुने गरी सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार