बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • बम विस्फोट गराउने प्रकाण्डबिरुद्ध सरकारले चाल्यो यस्तो कदम

बम विस्फोट गराउने प्रकाण्डबिरुद्ध सरकारले चाल्यो यस्तो कदम

  • सोमवार, फाल्गुन १३, २०७५
बम विस्फोट गराउने प्रकाण्डबिरुद्ध सरकारले चाल्यो यस्तो कदम

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बिरुद्ध सरकारले बम विस्फोट गराएको मुद्दासहित सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन पनि निर्देशन दिएको छ। सरकारको निर्देशन पाएपछि  सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ‘प्रकाण्ड’बिरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा अघि बढाउने तयारी गरेको छ।

विभाग स्रोतका अनुसार विभागले अनुसन्धान अधिकृत तोकेर प्रकाण्डको सम्पत्ति केलाउन थालेको छ। यसअघि प्रहरी अनुसन्धानमा प्रकाण्डले करिब ८ करोड चन्दा उठाएको तथ्य भेटाएपछि सोही आधारमा प्रमाणको आधारमा सम्पत्ति शुद्धिकरणमा अनुसन्धान सुरु भएको हो।  हिंसात्मक आक्रमणमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीलाई व्यवसायिक संस्था र घरानाले ठूलो रकम उपलब्ध गराएको सुरक्षा अंगको विश्लेषणपछि अनुसन्धान सुरु भएको थियो। उद्योगी, व्यवसायीबाट उठाएको रकम व्यवस्थापनको जिम्मा पार्टीले प्रकाण्डलाई दिएको छ।

चर्चामा

सम्बन्धित समाचार