शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • ब्रेकीङ न्यूज : चोरी शिकारी गर्ने २ जना बन्दुक सहित पक्राउ

ब्रेकीङ न्यूज : चोरी शिकारी गर्ने २ जना बन्दुक सहित पक्राउ

  • शुक्रबार, फाल्गुन १०, २०७५
ब्रेकीङ न्यूज : चोरी शिकारी गर्ने २ जना बन्दुक सहित पक्राउ

बडीमालिका सम्बांदाता
बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकामा सिकार खेल्न गएका २ जना हतियार समेत पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका वडा न.७ का ३३ बर्षीया कृष्ण मिजार र सोही वडाका अन्दाजी १८ बर्षीया खडक अयडीलाई प्रहरीले पक्राउ गरेको हो । बडीमालिका प्रहरी चौकीको टोलीले गस्ती गर्ने क्रममा सोही नगरपालिकाको वडा नम्बर ८ बाधापानी जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका ईन्सपेक्टर लोकेन्द्र सिहं गुरुले बताएका छन । चौकी बाट गस्तीमा गएको प्रहरी टोलीले त्रिबेणी नगरपालिका स्थित चोरी शिकारी गरिरहेको अवस्थामा अवैध भरुवा एक बन्दुक सहीत पक्राउ गरेको ईन्सपेक्टर लोकेन्द्र सिहं गुरुले बताएका छन । एक थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानमा राखीएको ईन्सपेक्टर गुरुले बताएका छन । चोरी सिकार गर्ने क्रममा मृग मारेको नभेटीएको तर बन्दुक भेटीएकोले हातहतियार खर खजना ऐन अनुसार कार्बाही गरीने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार