आइतवार, अशोज ७, २०८०
  • होमपेज
  • कला /साहित्य
  • अभिव्यक्ति स्वतन्त्रताको लागि पशुपति शर्माको गीत माइतीघरमा बजाइने

अभिव्यक्ति स्वतन्त्रताको लागि पशुपति शर्माको गीत माइतीघरमा बजाइने

  • आइतवार, फाल्गुन ५, २०७५
अभिव्यक्ति स्वतन्त्रताको लागि पशुपति शर्माको गीत माइतीघरमा बजाइने

फागुन ५ काठमाडाै

सरकारी पक्षको दबाबले लोकगायक पशुपति शर्माले युट्युबबाट आफ्नो गीत हटाउन बाध्य भएपछि उनको पक्षमा नागरिक आवाज उठेको छ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न शर्माको गीत माइतीघरमा बजाउन लागिएको छ। स्वतन्त्र नागरिक समूहले आयोजना गर्ने कार्यक्रम आज साँझ ५ बजे हुने जानकारी गराइएको छ। ‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक स्थलमा बजाएर सरकारको कदमप्रति विरोध गर्न लागिएको हाे।

शर्माको गीतमा रहेका शब्दहरुका कारण सरकार पक्षीय नेता, कार्यकर्ता र युवा संघले गीतमा प्रतिबन्ध लगाउन माग गरेका थिए। सरकारी पक्षको दबाबका कारणले गायक शर्माले शनिबार साँझ आफ्नो गीत युट्युबबाट हटाएका थिए।

गीतमा नेकपा नेताकै साथ

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले शर्माको गीतको बचाउ गरेका छन्।

न्यौपानेले फेसबुक स्टाटसमार्फत राजनीति आफै आलोचनात्मक चेतना भएको उल्लेख गरेका छन्। ‘कला,साहित्य र सिर्जना क्षेत्रलाई राजनीति क्षेत्रभन्दा बढी आलोचना गर्न पाउने अधिकार हुन्छ’, उनले लेखेका छन्।

नेपाल लाइभ बाट

चर्चामा

सम्बन्धित समाचार