शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • घरभित्र बस्दा पनि किन हेल्मेट लगाउँछ यो परिवार ? दर्दनक छ कारण

घरभित्र बस्दा पनि किन हेल्मेट लगाउँछ यो परिवार ? दर्दनक छ कारण

  • शनिबार, फाल्गुन ४, २०७५
घरभित्र बस्दा पनि किन हेल्मेट लगाउँछ यो परिवार ? दर्दनक छ कारण

दुनियाँमा आफ्नो घर नै एउटा यस्तो ठाउँ हो जहाँ मानिसले आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गर्न पाउँदछ । तर अमेरिकाको टेक्सासमा रहेको एउटा परिवार आफ्नै घरभित्र बस्दा पनि हेलमेट लगाएर बस्नु परेको छ ।

परिवारका सबैजना घरमा जतिसुकै बेला हेलमेट लगाउँदछन् । खाना बनाउँदा, खाँदा, ट्वाइलेट जाँदा तथा टेलिभिजन हेर्दा पनि उनीहरु टाउकोमा हेलमेट छुटाउँदैनन् ।

आखिर घरभित्र हेलमेट लगाउनु पर्नाको कारण के हो त ? कारण मार्मिक छ ।

ग्यारी गुटरेजको परिवार सन् २०१७ मा जब चर्चामा आयो तब परिवारका केही फोटोहरु सोसल मिडियामा भाइरल बने । फोटो भाइरल बनेसँगै परिवारको वास्तविक कहानी पनि सार्वज्निक भयो । वास्तवमा आफ्नो ४ महिने छोराको लागि ग्यारी र उनको परिवारले हेलमेट जिन्दगी बिताइरहेका रहेछन् ।

ग्यारीकी ४ महिनाका छोरा जोन्स प्लेजियोसेफ्ली नामको रोगबाट पीडित छन् । उक्त रोग लागेका बच्चाहरुको मस्तिष्कको आकार औषत भन्दा ठूलो हुन्छ । सोही कारण बच्चाको टाउकोमा हेलमेट लगाइदिन्छ ।

ग्यारीले जोन्सको उपचार धेरै डाक्टरहरुसँग गराए । एकजना डाक्टरले उनलाई बच्चाको टाउकोमा सधै हेलमेट लगाइदिन सल्लाह दिए जसका कारण टाउकोको आकारमा सुधार हुने सम्भावना छ ।

तर जोन्सले हेलमेट लगाउने नमान्ने । सोही कारण ग्यारीको सबै परिवारले घरभित्र हेलमेट लगाउने निर्णय गरे ता कि जोन्सले पनि हेलमेट लगाउनु पर्ने रहेछ भन्ने सोचेर हेलमेट लगाओस् । हुँदा हुँदा उनकी छोरीले पनि भाइको लागि हेलमेट लगाउन सुरु गरिन् । जबसम्म जोन्सको टाउकोको आकार सही हुँदैन, त्यसबेला सम्म हेलमेट लगाउने सोच उनीहरुको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार