• होमपेज
  • बडिमालिका
  • स्वास्थ्य केन्द्र स्थापना पछी स्थानिय खुसी

स्वास्थ्य केन्द्र स्थापना पछी स्थानिय खुसी

  • शुक्रबार, फाल्गुन ३, २०७५
स्वास्थ्य केन्द्र स्थापना पछी स्थानिय खुसी

 बाजुरा ३ फागुन

बडिमालिका नगरपालिका वडा न १ पिनालेखमा स्वास्थ्य केन्द्र स्थापना भए पछी स्थानिय खुसी भएका छन । वडा न १ का स्थानियलाइ स्वास्थ्यको सहज पहुचमा ल्याउन सहरी स्वास्थ्य केन्द्रको स्थपना गरिएको हो । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछी समयमै उपचार सेवा पाउने र अकालमा ज्यान जानबाट जोगीने स्थानिय प्रशान्त जोशीले बताए । वडा न १ का टाढा रहेका सल्याना, पाटा, लगातका बस्तीलाई उपचार गर्न सहज हुने भएपछी स्थानियले खुसी ब्यक्त गरेका छन । शुक्रबार एक कार्यक्रमका बिच सो स्वास्थ्य केन्द्र भवनको उद्धघाटन गरिएको छ । स्वास्थ्यमा सबैको पहँुच पुर्याउने उदेश्यले सहरी स्वास्थ्यको भवन निर्माण गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए । स्वास्थ्यको पहुच नभएको ठाउँमा नागरिकलाई पहुँचमा ल्याउन बडीमालिका नगरपालिकाको पहलमा स्वास्थ्य केन्द्रको स्थापना गरीएको नगर प्रमुख बडुवालले बताए । सो क्षेत्र भित्र सोही वडाका पाटा, सल्याना, पिनालेख लगायतका बस्तीका स्थानियले सेवा पाउने गरी बिच केन्द्रमा भवन निर्माण गरि भवन सचांलनमा ल्याईएको बताएको वडा न १ का वडा अध्यक्ष राम बहादुर कार्कीले बताए । वडा न १ भित्रका बस्तीका महिलालाई सूत्केरी गराउन तथा बिरामीहरुलाइ स्वास्थ्य चौकी भौनेरा पुग्न कठीन भएको र अव गाउँमै स्वास्थ्य केन्द्र भएपछी समयमै उपचार पाउने स्थानियले बताएका छन । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछी त्यस क्षेत्रका स्थानियले खुसी ब्यक्त गरेका छन । बडिमालिका नगरपालिका वडा न १ अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल रहेका थिए भने बिशिष्ठ अतिथि उपप्रमुख कबिता बिष्ट, नेकपा नेता लाल बहादुर कार्की, नेपाली काग्रेस का नेता कृष्ण कार्की रहेका थिए । कार्यक्रममा स्थानिय नाच समेत प्रदशन गरिएका थिय । सो भवन निर्माणमा साहस नेपालको पनि सहयोग रहेको साहस नेपालका कार्यक्रम संयोजक राम बहादुर खत्रिले बताए ।

चर्चामा

सम्बन्धित समाचार