• होमपेज
  • बडिमालिका
  • अतिविपन्न परिवारलाई खाद्यन्न र लत्ताकपडा

अतिविपन्न परिवारलाई खाद्यन्न र लत्ताकपडा

  • मङ्लबार, माघ २९, २०७५
अतिविपन्न परिवारलाई खाद्यन्न र लत्ताकपडा

बडिमालिका समाचारदाता
अतिविपन्न एक परिवारका लागि खाद्यन्न र लत्ता कपडा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा न ९ को समन्वयमा तथा सामाजिक क्षेत्रमा क्रियाशि ल रहेका बाजुराकै बडीमालिका मिडीया हाउस, क्रियटर बोडीङ स्कुल, हाटबजार ब्यबस्थापन समिति नेपाल सिलाईं कटाई महासघं र साल्ट ट्रेडीङ कर्पोरेशन बाजुराको सहयोगमा अतिविपन्न परिवारहरुका लागि संकलन गरेको राहत सामग्री वितरण गरिएको हो ।
अति विपन्न परिवामा रही बाउलीको गिट्टी कुटेुर जिविका चलाई रहेकी जर्मकला शाहीलाइ बिभिन्न निकायको सहयोग तथा वडा कार्यालयको समन्वयमा राहत साम्रगी बितरण गरिएको हो । राहत सामाग्री वितरण गर्न वडा अध्यक्ष बिनेद बिकको समन्वयमा अतिविपन्न एक परिवारहरुलाई खाद्यन्न ( चामल,नुन, लत्ता कपडा सहयोग स्वरुप राहत वितरण गरेका वडा अध्यक्ष बिनोद कुमार बिकले बताएका छन ।


राहत सामाग्री वितरण कार्यक्रममा उपस्थित नेकपा नेता काशी बिकले बाजुराका दुर्गम क्षेत्रमा रहेका हरेक अतिविपन्न परिवार तथा टुहुरा बालवालिका र पिडितहरुलाई सहयोग गर्ने निकायलाइ धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै मालिका माध्यामिक बिद्यालयका प्रचार्य शुभराज पाध्यायले आगामी दिनहरुमा पनि बाजुराका यस्ता पिडीतहरुका लागी राहत जुटाउने समन्वयकारी भुमीकामा पत्रकार स्थानिय तहका जनप्रतिनिधीहरुले दत्तचित्त भएर आफ्नो पनी सहयोग रहने बताएका छन । कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा नेता तथा प्रस्ताबित अध्यक्ष भरत थापाले सहयोगी मनहरुको प्रसंसानिय कार्य रहेकोले आफ्नो पाटी पनी पुर्ण रुपमा यस्ता कार्यमा सहभागी र सहयोग गर्ने बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार