बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिका सबै वडामा इन्टनेट सेवा

बडीमालिका नगरपालिका सबै वडामा इन्टनेट सेवा

  • मङ्लबार, माघ २९, २०७५
बडीमालिका नगरपालिका सबै वडामा इन्टनेट सेवा

लक्ष्मीराज पाध्याय
बाजुरा २९ माघ
बडिमालिका नगरपालिका १ का वडाअध्यक्ष रामबहादुर कार्कीलाई तिन महिना पहिला नगरपालिकामा सुचना पुयाउन र लिन एक दिन खर्च गर्नु परेको थियो । तर अहिले भने छिनछिनमा नगरपालिका र वडा बिच सुचना आदनप्रदान हुने गरेको वताए । बडिमालिका नगरपालिकाले सूचना र प्रविधियुक्त नगरपालिका बनाउनका लागि वडा कार्यलयमै ईन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि अहिले समय बचत भएको छ । ईन्टरनेट सेवा सञ्चालनमा नआउदा नगरपालिकामा चिठि आदनप्रदान गर्नका लागि समय लाग्ने गरेको थियो, अहिले ईन्टरनेटको सेवा सञ्चालन भएपछि वडा कार्यलयमा काम गर्ने बाताबरण सहज भएको वडाअध्यक्ष रामबहादुर कार्कीले वताए । नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन बडिमालिका नगरपालिका नौ ओटै वटा वडामा इन्टरनेट जडान गरिएको छ । वडापालिकाको काममा सहज हुन र इबडीमालिका नगरपालिकाको आधारणमा सबै वडामा इन्टरनेट जडान गरिएको हो । बडिमालिका नगरपालिका भित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडापालिकाका कर्मचारीको ई हाजिरी गराउने उदेश्यले सबै वडामा इन्टरनेटको सुबिधा दिईएको बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए । सबै वडामा रहेका जनताहरुले ईन्टरनेट सेवा पाउन काम काजमा सहज तथा वडाअध्यक्षहरु संग सुचना आदान प्रदान गर्न सजिलो र छिटो काम गर्नका लागी ईसेवा संचालनमा ल्याएको नगर प्रमुख बडुवालले बताए । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र शुसासनको अवधारणा अनुरुप डिजिटल प्रबिधि बाट काम गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान भएको नगरपालिकाका सूचना प्रबिधि अधिकृत हेम थापाले बताए । “पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणाली समेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ”, उनले भने । बडीमालिका नगरपालिकामा कर्मचारीलाई कार्यालय समयमा नियमित गराउन विद्युतीय हाजिरीको ब्यबस्था गर्नुका साथै कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि उक्त नगरपालिकाकोे बैठकले ई–हाजिरी शुरु गर्ने निर्णय गरेको थियो । नगरप्रमुख पदम बडुवालले नगरपालिकाका सबै सेवा सुविधालाई कागज विहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धता अनुसार कार्यालयबाट ई–हाजिरी शुरु गर्ने बताए । बडीमालिका नगरपालिका अन्तर्गतको ९ वटा वडा कार्यालय र नगरपालिका अन्तर्गतका अन्य कार्यालयमा पनी इन्टरनेट सेवा लाइ प्रभावकारी बनाउन र नगरपालिकाको कामलाइ सहज ल्याउनका लागी यो सेवा बिस्तार गरिएको बडीमालिका नगरपालिकाका सूचना प्रबिधि अधिकृत हेम थापाले बताए । २१ औँ सताब्दीको विज्ञान र प्रविधिको युगमा जुनसुकै काममा पनि इन्टरनेट सेवा आवश्यक भइसकेको हुनाले नगरपालिकामा काम गर्न सहज हुनका साथै इन्टरनेटको माध्यायमबाट गरिने वडाका कामहरुमा पनी सहज भएको वडा न ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । वडामा इन्टरनेट सेवा बिस्तारमा सूचना प्रबिधि अधिकृतको मुख्य भुमीका रहेको र ईन्टरनेट सेवा बिस्तार भएसंगै नगरपालिकामा आएर गरिने काम वडामा हुन थालेको वडाअध्यक्ष पाध्यायले बताए । सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको र नेपाल टेलिकम इन्टरनेट विस्तार गरेकामा सुगम भएको महसुस गर्दै नगरपालिका २ का वडाअध्यक्ष डम्मर महतले पनी खुसी ब्यक्त गरे । वडा कार्यलय सँग बिद्यालय स्वास्थ्य संस्थामा समेत ईन्टरनेट सेवा सञ्चालनमा ल्याउने तयारी रहेको बडीमालिका नगरपालिकाका सूचना प्रबिधि अधिकृत हेम थापाले बताए । पहाडि जिल्लाका स्थानिय तहमा सबै वडामा पहिलो पटक ईन्टरनेट सेवा सञ्चालनमा आएको थापाले वताए ।

चर्चामा

सम्बन्धित समाचार