शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • पत्रपत्रिका
  • आजका पत्रपत्रिका : भ्रष्टाचारमा मुछिएपछि धमाधम काज तानिँदै न्यायाधीश

आजका पत्रपत्रिका : भ्रष्टाचारमा मुछिएपछि धमाधम काज तानिँदै न्यायाधीश

  • मङ्लबार, माघ २९, २०७५
आजका पत्रपत्रिका : भ्रष्टाचारमा मुछिएपछि धमाधम काज तानिँदै न्यायाधीश

सेनामा विनाप्रतिपर्धा साढे ४ अर्बको खरिद, सयभन्दा कम कामदार पठाए मेनपावर खारेज

२९ माघ, काठमाडौं । नेकपामा देखापरेको विवादलगयत विषयमा केही दिनदेखि केन्द्रित दैनिक पत्रिकाहरु आजबाट नयाँ विषयतिर लागेका छन् । आज प्रकाशित पत्रपत्रिकाका सामग्रीमा समानता नभए पनि सबैजसोले बेथिति र अनियमिततासँग सम्बन्धित खोजमूलक सामग्रीलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यस्तै भ्रष्टाचारबारे प्रधानमन्त्री तथा राष्ट्रपतिले व्यक्त गरेका भनाइलाई पनि पत्रपत्रिकाहरुले स्पेश दिएका छन् ।

भ्रष्टाचारमा न्यायाधीश मुछिएपछि धमाधम काज तानिन थालेकोलाई नागरिकले आज मुख्य समाचार बनाएको खछ । समाचार अनुसार, सोमबार उच्च अदालत विराटनगरका थप २ जना न्यायाधीश काजमा तानिएका छन् । उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषद्मा काज बोलाइएका हुन् ।

नागरिकका अनुसार, न्यायापालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता जनाएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हालसम्म मुख्य न्यायाधीशसहित ८ जना न्यायाधीश कारबाहीस्वरुप न्याय परिषद् तानेका छन् । तानिएका सबै न्यायाधीशमाथि साढे ३३ किलो सुन प्रकरणसम्बन्धी मुद्दामा चलखेल गरेको आरोप छ ।

जग्गा बाँझो राख्नेलाई सरकारले जरिवाना गर्ने चेतावनी दिइरहेका बेला नागरिकले २५ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेको हिसाब निकालेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयको हवाला दिँदै नागरिक लेख्छ– ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० लाख ३० हेक्टर क्षेत्रफल बाँझो छ ।

दुर्घटना टर्ने विश्वासमा देवीलाई ऐना चढाउने गरिएको रोचक खबर पनि नागरिकमा पढ्न सकिन्छ । समाचार अनुसार, बीपी राजमार्गको रिठ्ठेभीरमा रहेको देवीलाई दुर्घटना टर्ने विश्वासमा ऐना चढाइने गरेको छ ।

कान्तिपुरले पुरातात्विक सम्पदा अशोक स्तम्भमाथि चासो राखेको छ । कान्तिपुरका अनुसार, संरक्षणमा ध्यान नदिँदा लुम्बिनीस्थित अशोक स्तम्भ मक्किन थालेको छ । बढ्दो प्रदूषण र हानिकारक कण टाँसिएकाले स्तम्भ दिनप्रतिदिन कमजोर बन्दै गएको हो ।

एक वर्षमा सयभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार कम्पनी स्वतः खारेज हुने अर्को खबर पनि कान्तिपुरमा छ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले सोमबार सर्वसम्मत पारित गरेको केही नेपाल संशोधनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

नयाँ पत्रिकाले सेनाको अपारदर्शी खरिद प्रक्रिया उधिनेको छ । समाचार अनुसार, सेनाले डेढ अर्बको हेलिकोप्ट र तीन अर्बको जहाज विनाप्रतिष्पर्धा खरिद गरेको छ । यति धेरै अनियमितता सेनाभित्र भए पनि अख्तियारले छानबिन गर्न मिल्दैन । यही कारण महालेखाको आपत्तिबीच नेपाली सेनामा निरन्तर आर्थिक विकृति मौलाउँदै गएको नयाँ पत्रिका समाचारको सार छ ।

अन्नपूर्णले ‘उखुमा किसानमारा निर्णय’ शीर्षक दिएर उखु किसानमाथि भएको थिचोमिचो उठाएको छ ।

अन्नपूर्णका अनुसार, नेपाली किसानको उखुले बजार नपाइरहेका बेला भारतीय उखु आयात गर्न पाउने गरी किसानमारा निर्णय गरेको छ । त्यस्तै ६ मन्त्रालयमा दुई–दुई सचिव हुँदा कार्यसम्पादन प्रभावित भएको, दलित अधिकारकर्मी आन्दोलित भएकोलगायत खबरलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

राजधानीले ट्राफिक चेकिङमै घुस कारोबार हुने लेखेको छ भने गोरखापत्रले अख्तियारको २८ औं स्थापना दिवसमा केन्द्रित रहेर सामग्री छापेको छ ।
अनलाईन खवर बाट

चर्चामा

सम्बन्धित समाचार