शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गौमुल
  • बिकृतिलाई बढावा दिनेलाई गाउँपालिकाले सेवा रोक्ने

बिकृतिलाई बढावा दिनेलाई गाउँपालिकाले सेवा रोक्ने

  • मङ्लबार, माघ २९, २०७५
बिकृतिलाई बढावा दिनेलाई गाउँपालिकाले सेवा रोक्ने

पदम सिंह
बाजुरा २९ माघ
गौमूल गाउँपालिकाले गाँउमा बिकृतिलाई बढावा दिनेलाइ सेवा बाट रोक लगाउने निर्णय गरेको छ । गाउँपालिकामा लागु गरेको नीति, नियम, कानून निर्देशिका, कार्यबिधि उल्लङघन गरी सामाजिक बिकृति विसंगतिलाई बढावा दिने र बिभेद गर्ने कुनै पनि व्यक्तिलाई गाउपालिकाबाट प्रदान गर्ने सेवा सुविधाबाट बच्चित गर्ने निर्णय चौथो गाउसभाबाट पारित गरेको छ ।
गाउपालिकामा छाउपडी प्रथा न्यूनिकरण जातिय छुवाछुत, धर्मका नाममा सामाजिक खलबल, बिभिन्न बाहानामा हिंसा, भेदभाब गर्नेलाई गाउँपालिकाले दिने कुनै पनि सेवा सुविधा नदिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए । भूमीहिन तथा जोखिममा रहेका बस्ति घरपरिवारलाई गाउँपालिका क्षेत्र भित्र रहेको खाली जमिनको पहिचान गरी बस्ति स्थानान्तत्रण गर्ने तिर पहल गर्ने निर्णय गरेको छ । गाँउपालिका भित्र प्रर्याप्त जमिन भई बाँझो राखेका ब्यक्तिलाइ खेति गर्न प्रोत्साहन गर्ने यदि खेति गर्ने कार्य शुरु नगरी पुन बाँझो राखेमा उक्त जमिनलाई स्थानीय सरकारको नाममा गर्ने कार्यका लागी आवश्यक पहल कदमी गर्ने अध्यक्ष रोकायाले बताए ।
गाउँ कार्यपालिकाको बैठकबाट गौमुल गाँउपालिकाले ऐन नियम पास गरेको छ । गाँउपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५, अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि ऐन २०७५, गौमुल गाउपालिकाको विपद व्यवस्थापन कोष संचालन कार्यबिधि २०७५,गाउपालिका आपतकालिन कार्य संचालन केन्द्र संचालन २०७५, गौमूल गाउपाकिलाको उपभोक्त समिति गठन परिचालन तथा व्यवस्थापन कार्यबिधि २०७५, गौमूल गाउपालिकाको जलस्रोत नियमावली २०७५ र स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यबिधि २०७५ गरी ऐन, नियम, कार्यविधि, तथा निर्देशिकाहरु बनाई छलफल गरी चौथो गाउँसभाबाट पारित भएका छन् । स्थानीय सरकार आईसकेपछि गौमूल गाउँपालिकाले २० वटा यो भन्दा पहिले र ७ यो पटक गरी २७ ओटा ऐन, नियम,कार्यबिधि तथा निर्देशिका बनाएर परित गरेको गाउपाकिाका अध्यक्ष रोकायाले जानकारी दिए ।


गाँउसभाले आर्थिक वर्ष २०७५÷०७६ को माघ मसान्तसम्मको यर्थाथ आम्दानी खर्च र आगामी आव २०७६÷०७७को प्रक्षेपण गरिएको अनुमानित बजेट तथा कार्यक्रम पारित गरेको छ । आर्थिक बर्ष २०७५÷०७६ को कुल अनुमानित २४ करोड ८३ लाख बजेट माघ मसान्तको खर्च ६ करोड ९९ लाख भएको र आर्थिक बर्ष २०७६÷०७७ को अनुमानित बजेट ३६ करोड रहेको छ । जसमा भौतिक पूर्वाधार क्षेत्र तिर १० करोड ३० लाख, आर्थिक विकासमा २ करोड, सामाजिक विकास क्षेत्र तिर १५ करोड ५० लाख, वातावरण तथा विपद व्यवस्थापन तिर १ करोड ७० लाख,संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड ५० लाग वितिय व्यवस्थापन तथा सुशासनमा ५० लाख र कार्यलय व्यवस्थापन र प्रशासनिक खर्च ४ करोड ५० लाख गरी अनुमानित बजेटको खाका तयार पारेर गाउसभाबाट पारित गरीएको गौमूल गाउपालिकाका अध्यक्ष हरी रोकायाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार