शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हिमाली
  • दलितपरिवारलाई आधुनिक सुधारिएको चुल्हो वितरण

दलितपरिवारलाई आधुनिक सुधारिएको चुल्हो वितरण

  • बुधबार, माघ २३, २०७५
दलितपरिवारलाई आधुनिक सुधारिएको चुल्हो वितरण

जिल्लाको हिमाली गाउँपालिकाका ४ वटा वडाका ३ सय १३ जना विपन्न दलित परिवारलाई आधुनिक सुधारिएको चुल्हो वितरण गरिएको छ । हिमाली गाउँपालिका वडा नं. ४, ५, ६ र ७ नं. वडा गरी ४ वडाका ३ सय १३ विपन्न दलित परिवारलाई सुधारिएको चुुलो वितरण गरिएको हो । विकट गाउँपालिकाका दलित परिवारहरुको घरलाई धुवाँ रहित बनाउनमा सहयोग पु¥याउनका लागि बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्रको सहयोग तथा जिल्ला दलित शसक्तिकरण नेटवर्कको समन्वयमा उनीहरुलाई शनिबार आधुनिक सुधारिएको चुल्हो वितरण गरिएको हो । गाउँपालिकाका ४ देखि ७ सम्मका ३ सय १३ दलित परिवारको घरभित्रको धुवाँमुक्त गर्नका साथै स्वास्थ्य स्तरमा पनि सुधार गर्नका लागि सुधारिएको चुल्हो सहयोग गरिएको जिल्ला दलित शसक्तिकरण नेटवर्क बाजुराका अध्यक्ष तथा दलित अधिकारकर्मी गोरख बहादुर सार्कीले बताएका छन् ।

गाउँपालिका भित्र रहेका केही दलित परिवारहरुलाई पहिलो चरणमा ३ सय १३ चुल्हो उपलब्ध भएको र आगामी दिनमा गाउँपालिका भित्रका सबै वडाका विपन्न दलित परिवारहरुका लागि चुल्हो र सोलार बत्तिको समेत व्यवस्था गर्नका लागि पहल गर्ने योजना रहेको नेटवर्कका अध्यक्ष सार्कीले बताएका छन् । स्थानीयहरुलाई आगामी दिनहरुमा खाना पकाउन, समयको बचत, दाउराको बचत स्वास्थ्यमा सुधार गर्नमा आधुनिक सुधारिएको चुल्होले फाईदा पुग्ने बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका ईन्जिनिएर सुन्दर भट्टराईले बताएका छन् । विगतका दीनदेखि हिमाली गाउँपालिकामा विजुली बत्तीको निकै समस्या छ । बनबाट दैनिक जसो ३ देखि चार घन्टाको पैदलदुरी हिडेर त्यस क्षेत्रका स्थानीयलाई दाउरा ल्याउनुपर्ने बाध्यता रहदै आएको छ । ग्रामिण भेगमा रहेका पिवन्न दलित परिवारहरुका लागि आधुनिक सुधारिएको चुल्हो उपलव्ध गराएपछि स्थानीयहरु खुसी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार