• होमपेज
  • बाजुरा बिशेष
  • चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको संख्या बढ्दो

चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको संख्या बढ्दो

  • बुधबार, माघ २३, २०७५
चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको संख्या बढ्दो

चिसो बढेसँगै बाजुराकाे जिल्ला अस्पताल मार्तडीमा बिरामीको संख्या बढ्दै गएको छ । अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन् ।
यसअघि दैनिक १० देखि २० को सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिए । जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत रोगका बिरामी उपचारका लागि आउने गरेका छन् ।
चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। मङ्सिर दोस्रो सातापछि बाजुरामा चिसो निकै बढेको छ । जिल्ला अस्पतालका चिकित्सक डा टीकाराम राईले जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न सुझाव दिए ।

चर्चामा

सम्बन्धित समाचार