बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण

त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण

  • बुधबार, माघ २३, २०७५
त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण

बाजुरा, जिल्लामा मौसम परिवर्तन भएसँगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मङ्गलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ ।
नगरपालिकाको उक्तमा रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल, वितरण गरिएको छ भने यसैगरी सोही वडाका २३ बालबालिकालाई ज्याकेट र सुरुवालसमेत वितरण गरिएको वडा सदस्य धनलाल पाध्यायले जानकारी दिनुभएको छ ।
उहाँले दिएको जानकारीअनुसार वडामा रहेका जिल्ली, माउलेख, सिराडी, पोखरा, रजातोली, ढम्कने गरी आठ टोलका ज्येष्ठ नागरिक वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पाध्यायले बताउनुभयो ।
बडीमालिका नगरपालिका–७ को सहयोग र समाजसेवी दयाराम अग्रवालको समन्वयमा ६३ जनालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पाध्यायको भनाइ रहेको छ । न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष पाध्यायले वडापालिकाकोे सक्रियता, समाजसेवी दयाराम अग्रवाल र विभिन्न सहयोगी संस्थाको सहयोगबाट न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
वडाध्यक्ष पाध्यायका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा वडाका दलित, पिछडिएका र जनजाति गरी १३५ परिवारलाई धुवाँरहित चुलो वितरण गरिने छ । उहाँले हरेक वर्ष वडामा रहेका वृद्धवृद्धा र बालबालिकालाई वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार