शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बँदेलको आक्रमणबाट २ घाइते

बाजुरामा बँदेलको आक्रमणबाट २ घाइते

  • बुधबार, माघ २३, २०७५
बाजुरामा बँदेलको आक्रमणबाट २ घाइते

बाजुरा, माघ १९ । बाजुरामा जंगली बँदेलले आक्रमण गर्दा २ जना घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका–७ का २० वर्षीय गंगराज तिमिल्सेना र ५० वर्षीय प्रदीप रोकाया रहेका छन् ।

शनिबार साँझ ५ बजेतिर वडामा रहेको चिनेचौरमा रहेको जंगलमा काम गरिरहेको बेला एक्कासी जंगली बँदेलले आक्रमण गरि घाइते बनाएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाद्यायले सुदूरखबरलाई जानकारी दिए ।

बँदेलले उनिहरूदुबैको टाउको, हात र खुट्टामा टोकेको छ । घाइते भएका दुबै जनाको अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको वडा अध्यक्ष पाद्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार